कूल तामाङ्
फागुन १६ नुवाकोट। एकिकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले सातबुदे सम्झौतामा एमालेले धोका दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताउनुभएको छ । एमालेले सम्झौता विपरित गृह र रक्षा मन्त्रालय नदिए पनि तत्कल माओवादीले समर्थन फिर्ता लिएर सरकार गिराउने खेल नखेल्ने प्रवक्ता शर्माले बताउनभुयो ।
सोमबार रसुवा जिल्लाको भोर्ले गाविसस्थित सेतीदेवी उच्च माविको २५ औं बार्षिकोत्सव तथा रजत जयन्तीको उद्घाटन गर्दै प्रवक्ता शर्माले एमालेको नेताहरुले गर्दा सरकार विस्तारमा समस्या सिर्जना भएको बताउनुभयो ।
उहाले आउदो जेठ १४ भित्र संविधान नबन्ने संभावना बलियो हुदै गएको पनि बताउनुभयो । माओवादी प्रवक्ता दिनानाथ शर्माले जेठ १४ भित्र जनताको चाहना अनुसारको संविधान नबनेमा माओवादी फेरि विद्रोहमा जाने दाबी गर्नुभयो
।
जनताको सपना साकार पार्ने क्रममा माओवादीलाई घेराबन्दीमा पारेर कुनै पनि काम गर्न नदिने प्रवृति बढेको प्रवक्ता शर्माको भनाई छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा माओवादी रसुवा इन्चार्ज इन्द्र गौतम, सभासद प्रेम तामाङ, नेपाली कांग्रेसका महासमिति सदस्य उपेन्द्र लम्साल लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयलाई उच्च मावि बनाउन सहयोग गर्ने ११ जनालाई दोसल्ला ओढाएर कदरपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा कलाकारहरु दामोदर खतिवडा, गोपाल नेपाल, उत्तम कोदे, निरज नेपाल र विद्यार्थीहरुले विभिन्न कार्यक्रम प्रस्तुत गरी मनोरन्जन दिएका थिए ।
0 comments:
Post a Comment