Sahara Sansar

Friday, February 25, 2011

संयुक्त राष्ट्रसंघ महासभाको अध्यक्ष पदका लागि नेपाल र कतारबीच प्रतिस्पर्धा हुँदै

फागुन १३ काठमाडौं । संयुक्त राष्ट्रसंघ महासभाको अध्यक्ष पदका लागि नेपाल र कतारबीच प्रतिस्पर्धा हुने भएको छ । सन् २०११-१२को एक बर्षे कार्यलका लागि नेपालका तर्फबाट कुलचन्द्र गौतम र कतारको तर्फबाट राष्ट्रसंघका लागि स्थाई प्रतिनिधिसमेत रहेका नासिर अब्दुलाजिजले उमेद्वारी दिएका छन् ।

राष्ट्रसंघका पूर्वउपमहासचिव समेत रहिसकेका गौतमले चुनावी मैदानमा भाग लिनुभएको छ । यसपटक महासभाको अध्यक्ष पद एसियाबाट चयन गर्न पालो भएकाले आज राष्ट्रसंघ महासभामा एसियाका ५३ राष्ट्रले गोप्य मतदान गर्नेछन् ।

एसियाली राष्ट्रहरुले निर्वाचित गरिसकेपछि राष्ट्रसंघका बाकी सदस्य राष्ट्रहरुले अनुमोदन गर्ने प्रावधान छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae