Sahara Sansar

Saturday, February 19, 2011

बहराइनमा सरकार विरोधी प्रदर्शनकारीमाथि सेनाको हस्तक्षेप बढ्दै


एजेन्सीहरु फागुन ७।
बहराइनमा सरकार विरोधी प्रदर्शनकारीमाथि सेनाको हस्तक्षेप बढ्दै गएको छ ।राजधानी मनिमामा जम्मा भएलगत्तै सेनाले प्रदर्शनकारीमाथि गोली प्रहार गर्न सुरु गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन ।प्रहरीको गोली लागेर करीब १२० जना घाइते भएको प्राप्त खबरमा जनाइएको छ ।

प्रहरीसंगको भिडन्तमा अहिलेसम्म बहराइनमा ४ जनाले ज्यान गुमाईसकेका छन ।यसैबीच मुलुकमा जारी हिंसा रोक्न राजा सेख सलमान विन हमाद अल खालिफाले सबै असन्तुष्ट पार्टीहरुसाग आफू वार्ता गर्न तयार रहेको वताएका छन। तर उहाले त्यसका लागि सडक खाली गर्नुपर्ने शर्त अघि सारेका छन ।

राजा हमाद सेनाका सर्वोच्च कमान्डर पनि हुन । त्यसैगरी लिवियामा पनि सरकार विरोधी आन्दोलन झन चर्किएको छ । आन्दोलन दबाउने प्रयासमा रहेका सुरक्षाकर्मीसंगको झडपमा अहिलेसम्म २४ जनाको मृत्यु भईसकेको छ । त्यसैगरी यमनमा पनि जारी सरकार विरोधी आन्दोलनका क्रममा पाच जनाले ज्यान गुमाएका छन ।आन्दोलनका क्रमले प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारीको मृत्यु भएको खबरमा जनाइएको छ ।

यो संगै बहराइन, लिविया र यमनमा जारी आन्दोलनमा अहिलेसम्म ३३ जनाले ज्यान गुमाएका छन । त्यसैबीच अमेरीकी राष्ट्रपति बाराक ओबामाले बहराइन, लिविया र यमनमा भडि्कएको हिंसाप्रति चिन्ता व्यक्त गरेका छन ।उनले यी मुलुकमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने जनताको अधिकार हनन भईरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae