अमृत सुबेदी
माघ २६ दमौली। अन्य पार्टीको सदस्यता त्यागेर तनहुँमा करिव सय जना कांग्रेसमा प्रवेश गरेका छन् । प्रवेश हुनेमा अधिकांश माओवादीको जनयुद्धमा भुमिगत भएका र एमालेका कार्यकर्ता रहेका छन् । तनहुँको ब्यास ५ वैरेनी अत्रौलीमा बुधवार भएको एक कार्यक्रममा कार्यकर्ताहरु कांग्रेसका प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्ने कार्यकर्ताहरुलाई नेपाली कांग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेलले स्वागत गर्नुभएको छ । नेता पौडेलले देशमा अब कांग्रेस नै सवैभन्दा ठूलो शक्तिकोरुपमा स्थापित हुने वताउनुभयो । पौडेलले दुई दलको जालसाँचि गठबन्धन र सहमती प्रतिनेपाली कांग्रेसलाई अमान्य हुने वताउनुभएको छ ।सहमती हुन नपाउँदै सत्ता माहको लालचामा दुइ दल मन्त्री वाँडफाडमानै अल्झिरहेको भन्दै पौडेलले भन्नुभयो यो चालाले नवेलामा संविधान न समयमा वजेटनै सक्छ । यस तर्फ सम्पूर्ण जनता चनाखो हुनुपर्ने पौडेलले वताउनुभयो ।
लामो समय पछि तनहुँ पुग्नुभएका पौडेल आजै विभिन्न कार्यक्रममा सरिक भई काठमाण्डौ फर्कनु भएको छ ।
0 comments:
Post a Comment