Sahara Sansar

Wednesday, February 23, 2011

अझै पनि विद्यालयमा पाठ्यपुस्तक अभाव

ज्ञानु गौतम
 फागुन ११  रुकुम।   वार्षिक परीक्षा आउन दुई महिना मात्र बाँकी रहँदा रुकुमका पश्चिम क्षेत्रका ४ विद्यालयमा नागरिक शिक्षा पाठ्यपुस्तकको अभाव भएको छ । जिल्लाको जनकल्याण माध्यमिक विद्यालय खोलागाउँ ८ सानाखोला, जनकल्याण माध्यमिक विद्यालय खोलागाउँ ३ जोगीनेटा, महेन्द्र उमावि छिबाङ, शितल उच्च मावि चौवरजहारी र मावि गीठाकोटमा नागरिक शिक्षा विषयको पुस्तक अहिलेसम्म पनि पुग्न नसकेको हो । 

जिल्ला शिक्षा कार्यालयबाट किताव खरिदका लागि रकम भुक्तानी गरेपनि विद्यालय प्रशासनको लापर्वाहीका कारण समयमै पुग्न नसकेपछि पुस्तकविना परीक्षा दिन विद्यार्थी बाध्य भएका छन् । नारायणी पुस्तक पसलमा विद्यालयले रकम भुक्तानी गर्न नसकेपछि केन्द्रबाट किताव ल्याउन नसकिएको बताइएको छ । 

जिल्लामा रहेका धेरै विद्यालयले किताबको भुक्तानी लिए पनि विद्यालयमा किताब नपु¥याएपछि विद्यार्थी मर्कामा परेका छन । विद्यालय प्रशासनले भने माथिबाट रकम नआएको बताएका छन् । तर जिल्ला शिक्षा कार्यालयबाट रकम विद्यालयलको खातामा जम्मा गरिसकेको र विद्यालय प्रशासनले पैसा हिनामिना गरेको निमित्त जिल्ला शिक्षा अधिकारी बिनाराम खड्काले बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae