Sahara Sansar

Saturday, February 26, 2011

मन्त्रीपरिषद चाँडै विस्तार गर्ने प्रधानमन्त्रीको भनाई

 फागुन १४ काठमाडौं प्रधानमन्त्री झलनाथ खनालले मन्त्रिमण्डल  विस्तारलाई चाँडै पूर्णता दिइने बताउनुभएको छ । एमाले ललितपुर जिल्ला कमिटीको अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री खनालले  सरकार विस्तारलाई पूर्णता दिन सम्बद्ध दलहरुसँग गम्भीर छलफल भइरहेकाले चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री खनालले आफ्नो नेतृत्वको सरकारको मुख्य दायित्व शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याएर लोकतान्त्रिक संविधान लेख्नु हो भन्नुभयो । उहाँले शान्तिप्रक्रियालाई कसरी चाँडै पूर्णता दिने भन्नेबारेमा छिट्टैै तालिका सार्वजनिक गरिने र संविधान लेखनलाई गति दिन सुल्झन बाँकी विवादलाई छलफलद्वारा यही फागुन मसान्तसम्म टुङ्गो लगाइने बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae