Sahara Sansar

Friday, February 25, 2011

विद्यालयलाई आर्थिक सहयोग

फागुन १३ गोरखा । जिल्लाको उत्तरी गाउँ विकास समिति केरावारीमा रहेको जनज्योति निम्न माध्यमिक विद्यालयलाई कतारमा कार्यरत तारानाथ ढकालले २९ हजार ६०० रुपैंया नगद सहयोग गर्नुभएको छ ।
विद्यालयले भवन अभावका कारण भवन निर्माण कार्य गरिरहेकोले सो रकम भवन निर्माणमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक गुरुदत्त रेग्मीले जानकारी दिनुभयो ।
गोरखा सेवा समाज कतारका सदस्य समेत रहेका ढकालले विद्यालयमा शुक्रवार आयोजित हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गर्नुभएको छ ।
प्रतियोगितामा सगरमाथा सदन प्रथम, अन्नपूर्ण सदन द्धितिय, धवलागिरी सदन तृतीय र माछापुच्छे सदन सान्त्वना स्थान ल्याउन सफल भएको विद्यालयका अर्का शिक्षक कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
केराबारी घर भएका ढकालले विद्यालयलाई अझै थप सहयोग गर्दै जाने बताउनुभएको छ ।
 
केरावारी दोहा कतार सम्पर्क मञ्चका संयोजक समेत रहेका ढकाल सोही गाउँ वडा नं. ३ का बासिन्दा हुनुहुन्छ ।
विद्यालयले उहाँलाई कदरपत्र दिएर सम्मान समेत गरेको प्रधानाध्यापक गुरुदत्त रेग्मीले थप जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae