Sahara Sansar

Sunday, February 20, 2011

पत्रकार महासंघको गोरखामा सर्वसम्मत कार्यसमिति

संगम तिवारी फागुन ८ गोरखा ।
नेपाल पत्रकार महासंघ गोरखा शाखाको तेश्रो जिल्ला अधिवेशनबाट शिशिरबाबु श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमितिको निर्माण भएको छ । 

शनिबारदेखि शुरु भएको अधिवेशनमा लामो छलफलपछि समिति निर्माण भएको हो । समितिको उपाध्यक्षमा ऋषिराम भट्टराई (जनदिशा राष्ट्रिय दैनिक ), सचिवमा विनोद ढकाल (प्रेस युनियन), सह सचिवमा रमेश विष्ट ( रेडियो गोरखा), कोषाध्यक्षमा संगम तिवारी (गोरखापत्र), सदस्यहरुमा राजेन्द्र न्यौपाने (रासस), सुदिप कैनी (हाम्रो गोरखा सन्देश राष्ट्रिय दैनिक), केशव बस्नेत (रेडियो गोरखा), एक माया गुरुङ (गामबेशीको खबर राष्ट्रिय दैनिक), सावित्री पन्त (प्रेस चौतारी) र अन्जन खत्री (रेडियो गोरखा) रहनुभएको छ । 
अधिवेशन कार्यक्रमको शनिबार सभासद ज्ञानेन्द्र कुमालले उद्घाटन गर्नुभएको थियो । महासंघका केन्द्रीय सचिव राम्जी दाहालले गोरखा जिल्लामा भर्खरै शुरु भएको पत्रकारिताको साहसिक विकासलाई प्रशिक्षण र तालिमबाट व्यवस्थित गर्नुपर्ने बताउनुभयो । नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई धन्यवाद दिनुहुँदै उहाँले कार्यकाल सफलता र नमुना जिल्ला निर्माणको लागि शुभकामना व्यक्त गर्नुभयो । निर्वाचित सदस्यहरुलाई केन्द्रीय प्रतिनिधि दिनेश थपलियाले स्वच्छ र सानदार वातावरणमा गोरखालीहरु एकवद्ध भई महासंघको निर्वाचन कार्यक्रम सम्पन्न गरेको भन्दै उच्च प्रशंसा गर्नुयभो । सहमतिबाट निर्माण भएको कार्यसमिति र केन्द्रीय सभासदहरुको नामावली पढेर सुनाउनुहुँदै उहाँले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
जिल्लामा रहेका ३५ जना महासंघका सदस्यहरुबाट ११ जनाको कार्यसमिति चयन गरिएको छ भने ५ जना केन्द्रीय सभासद सर्वसम्मतबाट चुनिएका छन् । सभासदहरुमा रुद्र पोखरेल, कल्पना ढकाल, किशोरजंग थापा, दिपक दाहाल र कृष्ण आचार्य रहेका छन् ।गोप

1 comments:

santos said...

la bhadbhailo ko desh ma sarbasammat bata padhadhikari chuninu bhayechha badhai chha...

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae