Sahara Sansar

Friday, February 25, 2011

गोरखा जिल्ला परिषद फागुन २८ मा हुने

राजेन्द्र न्यौपाने
फागुन १३ गोरखा। जिल्ला विकास समिति गोरखाले फागुन २८ गते हुने जिल्ला परिषदको तयारी तीव्र पारेको छ । सोही क्रममा जिल्लाका १३ वटै इलाकाको योजना तर्जुमा समितिको बैठक सकिएको स्थानीय विकास अधिकारी तिलक पौडेलले जानकारी दिनुभएको छ ।

इलाका स्तरबाट आएका सुझावलाई विषयगत समितिको बैठकमा छलफल गर्ने र २३ गते एकिकृत योजना तर्जुमा समितिको बैठक बस्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

विषयगत समितिको छलफल २० गते सक्ने र त्यसपछि जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासद्हरुका राय सुझाव संकलन गर्ने तयारी भैरहेको पौडेलले जानकारी दिनुभयो । फागनु २८ गते परिषद गर्ने र २९ गते सार्वजनिक गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । सभासदहरुसँग रायसुझाव लिनको लागि उहाँ शुक्रवार काठमाण्डौ जानुभएको छ ।

नियमको परिधिभित्र रहेको मात्र आफुले काम गर्ने उहाँले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae