Sahara Sansar

Saturday, February 26, 2011

लिबियामा अलपत्र ६२ नेपालीको उद्धार


 फागुन  १४ काठमाडौँ। लिबियामा जारी आन्दोलनका कारण अलपत्र परेका नेपालीमध्ये केही शनिबार अपराह्न स्वदेश फर्केका छन् ।
वैदेशिक रोजगार व्यवसायी सङ्घ र सरकारको सहयोगमा आज ६२ जना नेपाली स्वदेश फर्केको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता हरिश्चन्द्र घिमिरेले बताउनुभयो ।
प्रवक्ता घिमिरेका अनुसार लिबियाबाट उद्धार गरी इजिप्टको वेस्टर्न डेजर्ट पु¥याइएका ५६२ नेपालीमध्ये ६२ जनालाई इजिप्टकै अलेक्जेन्ड्रियाबाट संयुक्त अरब इमिरेट्स् हुँदै एयर अरेबियाको विमानबाट यहाँ ल्याइएको हो ।
उद्धार गरिएका अन्य नेपालीलाई पनि क्रमशः स्वदेश फर्काइने बताइएको छ । रासस

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae