Sahara Sansar

Tuesday, February 22, 2011

सडकलाई पार्किङ स्थल बनाएका सवारी धनीहरु अब कारवाहीमा पर्ने

कुल तामाङ फागुन १० नुवाकोट ।
सडक ठुलो बनाए पनि सडकलाई पार्किङ स्थल बनाएका सवारी धनीहरु अब कारवाहीमा पर्ने भएका छन् । सडकलाई पार्किङको रुपमा प्रयोग गरी लामो समय सवारी साधन पार्किङ गर्नेलाई कारवाही गरिने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ सदरमुकाम विदुर, त्रिशूली, ढुंगे, बट्टारमा सामानहरु लोड अनलोड विहान ९ बजेसम्म र साझ ६ बजे पछिको समयमा गर्नु पर्ने र कार्यालय समयमा लोड अनलोड गरिएमा कारवाही गरिने प्रहरीको भनाई छ ।

आज जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरिक्षक बालकृष्ण थापा सहित जिल्लाका उद्योगी व्यवसायी, सामाजिक संघ सस्ंथाको प्रतिनिधीहरु, होटल व्यवसायिहरुको सहभागीमा भएको भेलाले उक्त निर्णय गरेको हो । सदरमुकामको बाटोमा पसलहरु पनि हटाईने भएको छ । पाच दिन माइकिङ गरेर हटाउने सुचना दिने र समयमा नहटाएमा कारवाही गरिने प्रहरीले जनाएको छ । अब देखि बालुवा ढुंगा र गिट्टी बोक्ने सवारी साधनहरुले ति सामान छोपेर लैजानु पर्ने भएको छ । चोरीको मोटरसाईकल नियन्त्रण, अनुमति विना सवारी साधन चलाउनेलाई पनि कडाई गरी नियन्त्रण गरिने प्रहरी नायव उपरिक्षक बालकृष्ण थापाद्धारा हस्ताक्षरित निर्णयहरुमा उल्लेख गरिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae