Sahara Sansar

Tuesday, February 8, 2011

सात बुदे सहमति शान्ति सम्झौता र अन्तरिम संविधान प्रति धोका भएको कांगे्स नेता केसीको भनाई

कूल तमाङ
माघ २५ नुवाकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले माओवादी र एमाले
अध्यक्ष विच भएको सात बुदे सहमतिलाई शान्ति सम्झौता र अन्तरिम संविधान प्रतिको धोकाको संज्ञा दिनुभएको छ।

नुवाकोटको मदानपुरस्थित शक्ति उच्च माविमा आयोजित सरस्वती मन्दिर उद्घाटन कार्यक्रम पछि पत्रकारहरु संग कुरा गर्दै नेपाली कांग्रेसका नेता केसीले माओवादी लडाकुलाई छुट्टै बलमा रुपान्तरण गरेर आवश्यकता अनुसार प्रयोग गर्ने सर्वसत्ताबादी सोचलाई सातबुदे सहमतिले प्रशय दिएको दाबी गर्नुभयो । माओवादी र एमालेको वर्तमान गठबन्धन शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन भन्दा पनि सत्ता लिप्सा र सत्ता प्राप्तिको आलोपालो आत्म रतिमा रम्ने खेल भएको उहाले बताउनभयो ।

नेता केसीले बर्तमान गठबन्धन जुन दृष्टिले अगाडी बढेपनि शान्ति पक्रियालाई अन्तिम निष्कर्षमा पु¥याउन नेपाली कांग्रेसको पूर्ण सहयोग रहने बताउनुभयो। प्रतिपक्षमा बसेर गुण र दोषको आधारमा सरकारले समर्थन गर्ने उहाले बताउनुभयो ।

नेता केसीले वर्तमान गठनबन्धनले शान्ति पक्रियाबाट माओवादी लोकतन्त्र रबहुलबाद प्रति प्रतिबद्ध नरहेसम्म उसलाई विस्वास गर्न नसकिने बताउदै यथास्थितीमा जेठ १४ गते संविधान बन्ने अबस्था अत्यान्त न्युन बन्दै गएको बताउनुभयो ।उहाले जेठ १४ गते संविधान नबनेपछिको भयावह परिस्थितीको उत्तरदायित्व एमाले र माओवादीले लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सभासद जगदीश्वर नरसिंह केसीले माओवादी र एमाले शान्ति र संविधान विरोधी खेलमा लागेकोले त्यसका विरुद्ध कांग्रेसले शसक्त प्रतिरोध गर्ने बताउनुभयो ।

विद्यालय व्वस्थापन समितिका अध्यक्ष कुलराज शर्मा थपलियाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस १ नं. क्षेत्रका क्षेत्रिय सभापति गोविन्द थपलिया, प्रधानाध्यापक हिराराम पाण्डे, सर्मनाथ खनाल लगायतले मन्तव्य राख्नुभएको थियो।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae