राजेन्द्र न्यौपाने माघ २५ गोरखा। नेपाल सरकारका पूर्व अर्थ मन्त्री एवं नेपाली काँग्रेसका नेता डा. रामशरण महतले शान्ति, लोकतन्त्र र आर्थिक समृद्धि मुख्य तीन कुरा अहिलेको आवश्यकता भएको बताउनुभयो । जिल्लाको हर्मी गा.वि.स. स्थित चम्पावती माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
जनताको अधिकार सुनिश्चित गर्ने नयाँ संविधान निर्माण गर्ने कार्यमा नेपाली काँग्रेस लागि परेको बताउँदै उहाँले लोकतन्त्रमा नै सबैको अधिकार सुनिश्चित हुने र यसले शान्तिको व्यववस्था कायम गर्ने ठोकुवा गर्नुभयो । नेपाली काँग्रेस देशको राजनैतिक अवस्थालाई स्थिर गर्न सँधै तयार रहेको उहाँको भनाई थियो । राजनैतिक स्थिरता पछि आर्थिक समृद्धिका काम अघि बढ्ने बताउँदै विकास निर्माणका काम गर्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।
नेपालका डाँडाकाँडामा सुन फल्नसक्ने बताउँदै उहाँले यसका लागि नेपाल सरकारले प्रारम्भिक लगानी गर्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेस बहुलबादको पक्षमा रहेको बताउँदै सबैको विचारका सम्मान नयाँ बन्ने संविधानमा सुनिश्चित हुनुपर्ने उहाँको भनाई थियो ।
पोखरा, हर्मी, आरुघाट हुँदै काठमाण्डौ जाने नयाँ बाटो निर्माणको लागि आफुले पहल गर्ने उहाँले सो कार्यक्रममा बताउनुभयो ।
लमजङको तार्कुघाटमा केही समय सेवा गरेको बताउँदै उहाँले विशेश्वर प्रसाद कोइराला प्रधानमन्त्री हुँदा २०१६ र १७ सालमा धेरै विद्यालयहरु खुलेको बताउनुभयो । विद्यालयमा सरकारको थोरै र स्थानीयको धेरै लगानी रहेको उहाँको भनाई थियो ।
आफ्नो पार्टी सरकारमा नभएपनि विद्यालयका विकास र सो ठाउँको विकासका लागि आफुले सहयोग गर्ने बताउनुभयो । जननिर्वाचित सरकारका पालाका अर्थ मन्त्री सुर्वण सम्शेर राणाको पालमा बनेको विद्यालय पचास वर्ष पुगेको भन्दै उहाँले विद्यालयको शैक्षिक र भौतिक विकास लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत प्रदान गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, एकीकृत नेकपा माओवादीका गाउँ पार्टी सेक्रेटरी खेमराज अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बम बहादुर कटुवालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बल बहादुर केसीले विद्यालयको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक लक्ष्मी प्रसाद चिलवालले गर्नुभएको थियो ।

0 comments:
Post a Comment