कूल तमाङ
माघ २५ नुवाकोट जिल्ला पशुसेवा कार्यालयको प्राविधिक टोलीले तारुका गाविसमा छ सय खसी
बाख्रालाई पीपीआर भ्याक्सिन लगाएका छन् ।तारुका गाविस वडा नं. ५ र ६ का किसानहरुको बाख्रामा पीपीआर रोग देखिएपछि कार्यालयले सोमबार निशुल्क भ्याक्सिन लगाएको हो ।
बाख्रालाई पीपीआर भ्याक्सिन लगाएका छन् ।तारुका गाविस वडा नं. ५ र ६ का किसानहरुको बाख्रामा पीपीआर रोग देखिएपछि कार्यालयले सोमबार निशुल्क भ्याक्सिन लगाएको हो ।
पशु स्वास्थ्य प्राविधिक राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा प्रविधिक टोलीले गोरखनाथ प्रावि र चन्दनीमा क्याम्प सञ्चालन गरी खसीबाख्रालाई भ्याक्सिन लगाएको हो ।
सुरुमा खसी, बोका तथा बाख्राले ¥याल काढ्ने, सिंगान बगाउने जस्ता लक्षण देखिएपछि बाख्रा झोक्राउने र भुडी फूल्ने रोग देखापरेको थियो । रोगले एक सातामा आधा दर्जन खसी बाख्रा मरेको थियो ।
0 comments:
Post a Comment