सोम सुनुवार
माघ २६ इलाम । दक्षिणी इलामको बाँझो र इभाङ्ग गाविसको सिमानामा पर्ने प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल माङ्मालुङ्गको वन क्षेत्रभित्र चरिचरण निषेध गरीएको छ । झण्डै पाँच सय रोपनी क्षेत्रमा फैलिएको माङ्मालुङ्ग त्यस क्षेत्रको धार्मिक, पुरातात्विक तथा जैबिक बिबिधताको हिसाबले महत्वपूर्ण भएकाले सोको संरक्षण गर्न पशु चरिचरणमा रोक लगाइएको माङ्मालुङ्ग पर्यटन विकास केन्द्रले जनाएको छ ।
समुद्र सतहबाट करीब २ हजार मीटरको उचाईमा रहेको माङ्मालुङ्ग वन क्षेत्रभित्र राष्ट्रिय बिभूति फाल्गुनन्दको प्रतिमा, मन्दिर तथा किराँत धर्म गुरु ज्योतिनन्दले तपस्या गरेको गुफा र हेर्दा बिशाल देखिने तर कान्छी औंलाले पनि हल्लाउन सकिने ढुंगा रहेका छन् ।
त्यसै गरी सो क्षेत्रमा बिजुवानी देवीको ढुंगा, राईहरुको धर्म गुरु पारुहाङ्गले पञ्च महादेब खेलेको भनिएको रुद्र, तामा, तुलसी, चन्द्रमाला, घण्टी, भाला, तामाको थुन्से, बांसुरी, मुरली लगायतका ऐतिहासिक र धार्मिक वस्तुहरु रहेकाले पनि वन क्षेत्रको संरक्षण गर्न लागि परेको स्थानीय सुमन राईले बताउनु भयो ।
0 comments:
Post a Comment