Sahara Sansar

Saturday, February 5, 2011

बाख्रामा अज्ञात रोगको संक्रमण देखिए पछी किसानहरु चिन्तित

कुल तामाङ्
माघ २२ नुवाकोट। जिल्लाको तारुका गाविस वडा नं ६ ढकाल गाउँका बाख्रामा अज्ञात रोगको संक्रमण देखिएको छ ।

सुरुमा खसी, बोका तथा बाख्राले ¥याल काढ्ने, सिंगान बगाउने जस्ता लक्षण देखिएपछि बाख्रा झोक्राउने र भुडी फूल्ने रोग देखापरेको स्थानीय समाजसेवी कुलदिप ढकालले जानकारी दिनुभयो । एक साता अघिबाट गाउँमा देखिएको यस्तो रोगबाट गोपीकृष्ण ढकालको ३ वटा बोका, सरस्वती ढकालको एउटा खसी मरेको उहाँले बताउनुभयो ।

जिल्ला पशु सेवा कार्यालयमा रोगको संक्रमणबारे जानकारी गराउँदा कार्यालयले २५ गतेपछि मात्र गाउँ आउने बताए पछी बाख्रा पालक किसानहरु चिन्तित बनेका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae