Sahara Sansar

Saturday, February 5, 2011

मन्त्रालय बाँडफाँडका बिषयमा एमाले र माओवादीले आज टुङ्गो लगाउने

एस्वी
माघ २२, काठमाडौं ।
 मन्त्रालय बाँडफाँडका बिषयमा आज नेकपा एमाले र एकीकृत माओवादीकाबीच छलफल हुने भएको छ । नवनिर्वाचित प्रधानमखन्त्री झलनाथ खनालले भोलि सपथ लिनुहुने भएपछि आज दिनभरमा मन्त्रालयको भागबण्डा मिलाउन दुबै दल छलफलमा जुट्ने भएका हुन् । स्रोतका अनुसार परराष्ट्र र सञ्चारमध्ये एक तथा गृह र अर्थमध्ये एउटा मन्त्रालय पाउनु पर्नेमा एकीकृत माओवादीले जोड दिएको छ । प्रमुख मन्त्रालयको भागबण्डाको बिषयमा एमाले र माओवादीकाबीच कुरा मिल्न नसकेमा सरकारमा सहभागी हुने मधेसवादी दलहरुसँग पनि आज प्रधानमन्त्री खनालले मन्त्रालयको जिम्मा दिन बिषयमा छलफल गर्ने स्रोतले बताएको छ । माओवादीको स्थायी समितिको बैठकपछि एमालेसँग छलफल गर्ने एकीकृत माओवादीका एक नेताले जानकारी दिएका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae