Sahara Sansar

Saturday, February 5, 2011

नुवाकोटको दुर्गम समुन्द्रादेवी गाविसमा सामुदायिक अस्पताल सञ्चालनमा

कुल तामाङ्
माघ २२ नुवाकोट। दुर्गम समुन्द्रादेवी गाविसमा सामुदायिक अस्पताल सञ्चालनमा आएको छ । छाता संस्था नेपाल र कम्युनिटि एक्सन नेपालको संयुक्त लगानीमा निर्माण गरिएको अस्पतालको शुक्रबार दातृ संस्थाका प्रमुख कर्नर फक्सले एक कार्यक्रमक वीच उद्घाटन गर्नुभयो ।

समुन्द्रादेवी गाविस १, गुर्जेमा निर्माण गरिएको सामुदायिक अस्पतालमा दातृ संस्थाले नै अहेव र सिएमए दुई जना स्वास्थ्यकर्मीको व्यवस्था गरिदिएको छ ।

तीस लाख रुपैयाँको लागतमा निर्माण गरिएको सामुदायिक अस्पतालबाट औषधि समेत निःशुल्क वितरण गरिने अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष माधव पाठकले बताउनुभयो । दुर्गम गाउँमा अस्पताल बनेपछि सुनखानी र समुन्द्रादेवीलगायतका स्थानीयबासिन्दालाई सेवा पुग्ने उनले बताए । अस्पतालबाट प्रसुतीरोगका साथै अन्य रोगहरुको उपचारका लागि आवश्यक उपकरणसमेत जडान गरिएको छ ।

अस्पताल उद्घाटनका अवसरमा सेवा सुविधालाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि लालबहादुर तामाङको अध्यक्षतामा ९ सदस्यीय अस्पताल व्ययवस्थापन समितिसमेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा माधव पाठक, सचिवमा शीला गुरुङ र कोषाध्यक्षमा दिनेश तामाङ रहनुभएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae