माघ २६ काठमाडौं । एकीकृत नेकपा माओवादी र नेकपा एमाले मन्त्रालय बाडफाँडममा सहमतिको नजिक पुगेका छन । मन्त्रालय बाडफाड र सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न गठित दुइदलीय कार्यदलले सत्ता साझेदारीमा सहमति नजिक पुगेको बताएका हुन । प्रधानमन्त्री निवास वालुवाटारमा बुधवार दिउसो बसेको कार्यदल बैठक सहमति नजिक पुगेको कार्यदलका सदस्य एवं एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनुभयो ।
दुवै पार्टीका अध्यक्षबीच छलफल भएपछि आजै कार्यदलको बैठक बसि टुङ्गो गलाइने गौतमले बताउनुभयो । स्रोतका अनुसार रक्षा मन्त्रालय आफूले राखेर गृह मन्त्रालय माओवादीलाइ दिन एमाले सहमत देखिएपछि सत्तासाझेदारीमा कुरा मिल्न लागेको हो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच आजै कुरा हुनेछ । कार्यदल बैठकमा प्रधानमन्त्री खनाल र एमाले प्रभावशाली नेता केपी शर्मा ओली पनि सहभागी हुनुभएको थियो ।
दुइ अध्यक्षबीच छलफल भइसकेपछि आजै कार्यदलको बैठक बसेर अन्तिम सहमति गरिने कार्यदलमा माओवादी सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । दुइदलबीच गृह मन्त्रालय कस्ले सम्हाल्ने भन्ने सहमति जुटन नसक्दा प्रधानमन्त्री निर्वाचन भएको एक साता वितिसक्दा समेत मन्त्रीमन्डल गठन हुन सकेको छैन ।
0 comments:
Post a Comment