फागुन ६ बारा। माओवादी अध्यक्ष ‘प्रचण्ड’ले एमाले भित्रैको किचलोका कारण झलनाथ खनाल नेतृत्वको सरकारले पूर्णता पाउन नसकेको आरोप लगाउनु भएको छ । बाराको सिमरा विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो ।
उहाँले सातबुँदे सहमतिको कुरा मिले गृह मन्त्रालय त्याग्ने सङ्केत गर्दै भन्नुभयो, ‘मैले गृह कै लागि प्रधानमन्त्री पद त्यागेको भन्ने हल्ला निराधार हो ।’ एमालेकै कारण प्रधानमन्त्रीलाई काम गर्न अप्ठ्यारो परेको प्रचण्डको भनाई छ ।उहाँले शान्ति र संविधानको पक्षमा दृढताका साथ अघि बढ्न प्रधानमन्त्री झलनाथ खनाललाई सुझाव दिनुभयो । प्रचण्डले आइतबार हुन लागेको एमालेको केन्द्रीय कमीटी बैठकले सरकार विस्तारको अन्यौलता हटाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रचण्ड देशव्यापी कार्यकर्ता प्रशिक्षणको सिलसिलामा अवध राज्य समितिका कार्यकर्ताहरुलाई प्रशिक्षण दिन सिमरा आउनुभएको हो । अध्यक्ष प्रचण्डसँगै बरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ र डा.बाबुराम भट्टराई पनि सिमरा आउनुभएको छ ।
0 comments:
Post a Comment