Sahara Sansar

Friday, February 18, 2011

नीलकण्ठाश्रम कैलाशधामको प्राण प्रतिष्ठा कार्य सम्पन्न

कुल तामाङ्
फागुन ६ नुवाकोट नुवाकोटको देवीघाटको जालपा क्षेत्रमा श्री नीलकण्ठाश्रम कैलाशधामको प्राण प्रतिष्ठा कार्यसम्पन्न भएको छ ।
जालपा क्षेत्र विकास समितिले धार्मिकपर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने क्रममा विदुर नगरपालिका वडा नंं ७ देविघाटमा हालैनिर्माण गरेको श्री नीलकण्ठाश्रम कैलाशधाममा बैदिक विधिपूर्वक ज्योतिर्लिङ्ग,शिवलिङ, चार बेद र १८ पुराणमा प्राण प्रतिष्ठा गरेको हो ।

देविघाटको पृथ्वी स्मारकसंगैरहेको धाममा चार वेद, १८ पुराण, १२ ज्यातिर्लिंग र ६४ शिवलिंग एकै ठाउँमा रहेको रनेपालमै यसप्रकारको धाम पहिलो भएको जालपा क्षेत्र विकास समितिका अध्यक्ष मानबहादुरडंगोलले बताउनुभयो ।

प्राण प्रतिष्ठा गर्नको लागीफागुन १ गतेबाट विशेष वैदिक विधिद्वारा जल, धान, पुष्प, बस्त्रआदिमा बास गराउने कार्यहुदै आएको थियो । प्राणप्रतिष्ठा गर्ने क्रममा धाममा ज्योर्तिलिङ्ग, शिवलिङ्गलाईबाजागाजा सहित हजारौंको सहभागितामा देविघाट बजार क्षेत्र परिक्रमा गराइएको थियो ।

वृत्ताकारको संरचना निर्माण गरीधाममा हिन्दू धर्मसंग सम्बन्धित सबै वेद, पुराण र सबै ज्योतिर्लिंग र शिवलिंगकोदर्शन एकै ठाउँमा गर्न पाइने धाम नेपाल र भारतका कुनै पनि ठाउँमा अहिलेसम्म नभएकोसमितिले जनाएको छ ।

मन्दिरभित्र बीचमा निलकण्ड महादेवकोचतुर्मुखी प्रतीक, त्यसको चार कुनामा चार वेद र रिंगै १८ पुराण रहने मन्दिरकोमण्डपमाथिको बरण्डामा पहिलो १२ ज्योतिर्लिङ्ग र त्यसभन्दा बाहिर ६४ शिबलिंगको घेरारहेको छ ।

समितिले हिन्दूहरुको पवित्रधामको रुपमा विकास गर्न पाँच वर्षअघि सुरु भएको थियो । विभिन्न संस्था र व्यक्तिकोसहयोगमा करिब २२ लाख रकम जुटाई धाम निर्माण सम्पन्न गरिएको हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae