माघ २२ ।
इजिप्टमा भएको बिरोध प्रदर्शनको लामो श्रृङ्खलापछि सत्ता हस्तान्तरणको संकेत देखिएको अधिकारीहरुले बताएका छन् । इजिप्टमा एका तर्फ राष्ट्रपति होसनी मुबारकको बिरुद्वमा प्रदर्शन जारी रहेको छ भने अर्कोतर्फ सरकारी अधिकारीहरुले राष्ट्रपति मुबारकले अँझै आफ्नो पद नछोड्ने बताए पनि सत्ता हस्तान्तरणको संकेतमा प्रगति भएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजिप्टमा बिधिवत रुपमा सत्ता परिवर्तन हुनु पर्ने र यस्को सुरुवात तत्कालै गर्नु पर्ने बताउनु भएको छ । ओबामाले राष्ट्रपति मुबारकलाई सही निर्णय गर्न अपील गर्नु भएको छ । अमेरिकी अधिकारीले सत्ता हस्तारणको बिषयमा भएको छलफलमा उल्लेखनीय प्रगति भएको बताएका छन् ।
0 comments:
Post a Comment