Sahara Sansar

Saturday, February 5, 2011

प्रधानमन्त्री शुभकामना थाप्न व्यस्त

माघ २२ काठमाडौं। नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालको निवास डल्लुमा शुभकामना दिनेहरुको भिड लागेको छ । बिहानैदेखि प्रधानमन्त्री शुभकामना थाप्न व्यस्त रहेकाले मन्त्रालय बाँडफाँडका बिषयमा एमाले र माओवादीबीच आज हुने भनिएको छलफल अझै शुरु भएको छैन ।

नवनिर्वाचित प्रधानममन्त्री खनालले भोलि सपथ लिनुहुने भएपछि आज दिनभरमा मन्त्रालयको भागबण्डा मिलाउने तयारी भैरहेको छ । स्रोतका अनुसार परराष्ट्र र सञ्चारमध्ये एक तथा गृह र अर्थमध्ये एउटा मन्त्रालय पाउनुपर्नेमा एकीकृत माओवादीको अडान छ । प्रमुख मन्त्रालयको भागबण्डाको बिषयमा एमाले र माओवादीकाबीच कुरा मिल्न नसकेमा सरकारमा सहभागी हुने मधेसवादी दलहरुसँग पनि आज प्रधानमन्त्री खनालले छलफल गर्ने स्रोतले बताएको छ ।

माओवादीको स्थायी समितिको बैठकपछि एमालेसँग छलफल गर्ने एकीकृत माओवादीका एक नेताले जानकारी दिएका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae