राजेन्द्र न्यौपाने
माघ २२ गोरखा । जिल्लाको महेन्द्रज्योति उच्च माध्यमिक विद्यालय बन्द भएको ६ दिन पछि आज जिल्लामा क्रियाशील तीन राजनैतिक दल एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेवीच विद्यालयमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आइतबारदेखि विद्यालय सुचारु गर्न पहल शूरु भएको छ ।
माओवादीका जिल्ला सेक्रेटरी चुडामणि खड्का, नेपाली काँग्रेसका सभापति हरी घले र नेकपा एमालेका अध्यक्ष रामशरण बस्नेत सहित जिल्ला शिक्षा कार्यलयमा बसेको बैठकमा तीन बुँदे सहमति सहित विद्यालय खुलाउने वातारण बनाइएको छ ।
पहिलो बुँदामा विद्यालयमा भएको घटना प्रति दुःख व्यक्त गरिएको छ, दोश्रो मा विद्यालय सुचारु गर्ने र तेश्रोमा सम्बन्धित निकायले विद्यालयमा भएको अराजक क्रियाकलापको तुरुन्त छानविन गर्ने सहमति भएको छ ।
गणित विषयका शिक्षक विद्यालयमा पढाउन नजाँदा गणित विषयको टेष्ट परीक्षाको प्रश्नपत्र र उत्तरपुस्तिका विद्यार्थीहरुले च्यातेपछि विद्यालयको वातावरण सहज बन्न सकेको थिएन ।
विद्यालयमा नआउने शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले कारवाही गर्न जिल्ला शिक्षा कार्यलय सिफारीस गरेपछि १५ जना शिक्षकले राजीनामा दिएका थिए । विद्यालय व्यवस्थापन समितिले नियम अनुसार राजीनामा स्वीकृतिका लागि जिल्ला शिक्षा कार्यलयमा पत्राचार गरेपछि १५ जना शिक्षक जागिर जोगाईदिन भन्दै नयाँ आन्दोलनमा उत्रन थालेपछि विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि प्रभावित बनेको थियो ।
भोलिदेखि विद्यालय खोल्ने र विद्यालयमा बसेर छलफल गर्ने तयारी भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवबाबु जोशीले बताउनुभयो । केही राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाले सत्य र तथ्यलाई लुकाएर समाचार सम्प्रेण गरेको कारण घटनाका लागि थप वातावरण बनेको जिल्ला शिक्षा कार्यलयले ठहर गरेको छ । विद्यालय नखुलेका कारण ९६० जना बालबालिकाहरु शिक्षा दिन पाउने अधिकारबाट बञ्चित भएका छन् ।
Sahara Sansar
Saturday, February 5, 2011
बिद्यालय खुलाउन नयाँ पहल सुरु
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment