माघ २२ काठमाण्डू
सरकारले सार्वजनिक यातायातका साधनमा आजदेखि लागू हुने गरी नौ प्रतिशतका दरले भाडा बढाएको छ । यातायात व्यवस्था विभागका पदाधिकारी र यातायात व्यवसायीबीचको सहमतिका आधारमा भाडा वृद्धि गरिएको श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सहायक प्रबक्ता कृष्ण दवाडीले बताउनुभयो । यही माघ १८ गतेको मन्त्रीस्तरीय निर्देशनअनुसार भएको भाडा वृद्धि माइक्रोबस र सार्वनिक बसमा मात्र लागू हुनेछ । मिटरवाला ट्याक्सी र मालबाहक गाडीमा भने भाडा वृद्धि नभएको मन्त्रालयले जनाएको छ ।
0 comments:
Post a Comment