राजेन्द्र न्यौपाने
माघ २३ गोरखा । गोरखा जिल्लाको महेन्द्रज्योति उच्च माध्यमिक विद्यालयमा भएको घटनाको विषयलाई एकीकृत नेकपा माओवादी गोरखाले फाटेको जालैले छेकेको छेकेपनि छर्लङ्गै देखेको भनेको छ । माओवादीले आइतवार हिमालयन होटलको सभाहलमा गरेको पत्रकार सम्मेलनमा इलाका इञ्चार्ज दिपक तिमिल्सिनाले सो कुरा बताउनुभएको हो ।
सत्य कुरालाई बंग्याएर पत्रकारहरूले लेखेपनि जनताले प्रष्ट बुझेको उहाँको भनाई थियो । जिल्लामा क्रियाशील १० जना पत्रकाहरू सहभागि उक्त सम्मेलनमा एकीकृत नेकपा माओवादीका गोरखा जिल्ला सेक्रेटरी चुडामणी खड्का, क्षेत्र नं. ३ का इञ्चार्ज सुरेन्द्र भट्ट, क्षेत्र नं. १ का सह इञ्चार्ज नारायण अधिकारी लगायतको सहभागिता रहेको थियो ।
महेन्द्रज्योति विद्यालयको बारेमा भएका भन्दा धेरै कुरा लेखिएको भन्दै पत्रकार महासंघका गोरखा जिल्ला अध्यक्ष किशोरजंग थापा, सचिव भीमलाल श्रेष्ठ, कोषाध्यक्ष कैलाशबाबु श्रेष्ठ लगायतले टिप्पणी गर्नुभएको थियो ।
सम्मेलनमा विषयबस्तुको मूल पक्षको अध्ययन गरेर समाचार सम्प्रेण गर्न र गोरखा जिल्लाको सञ्चार क्षेत्रको छवि बढाउन आग्रह गरिएको थियो । सहि सूचनाबाट जनतालाई सहि कुण्ठित गर्न नहुने बताउँदै समाचार सामाजिक न्यायको पक्षमा हुनुपर्ने माओवादीले बताएको छ ।
पत्रकारले दास मनोवृति त्यागेर मूल्य र मान्यताको आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने सुझाव दिइएको छ । पार्टीका जिल्ला सेक्रेटरी खड्काले माओवादी प्रेस स्वतन्त्रता, मानवअधिकार, शान्ति र संविधानको पक्षमा रहेको बताउँदै पत्रकारहरूको हकहितका लागि सँधे लागिपर्ने बताउनुभयो ।
महासंघका अध्यक्ष थापाले सबैभन्दा ठूलो पार्टी भएको कारण सबै पत्रकारहरूलाई माओवादी प्रतिविश्वास रहेको बताउनुभयो । शान्ति र संविधान प्रतिबद्ध सबै भन्दा ठूलो पार्टी भएको कारण सबै पत्रकारको मात्र नभई नेपाली जनताको भविष्य यस पार्टीको योजना भित्र रहेको उहाँको भनाई थियो ।
छिर्का कुरालाई ठूलो बनाउने र मानवअधिकारका गम्भीर विषयलाई ओझेलमा पार्ने प्रवितिको अन्त्य हुनुपर्ने माओवादीले बताएको छ ।
0 comments:
Post a Comment