राजेन्द्र न्यौपाने
माघ २३ गोरखा । अपाङ्ग सेवा संघ गोरखाको तेश्रो जिल्ला भेलाले रोहिणी प्रसाद खनालको अध्यक्षतामा ११ सदस्ययीय नयाँ कार्य समितिको चयन गरेको छ ।
जसको उपाध्यक्ष शिव प्रसाद पौडेल, महासचिव प्रतापबाबु श्रेष्ठ, सचिव अमर तमु, कोषाध्यक्षमा लुमनाथ अधिकारी रहेका छन् ।
यसैगरी एमाले निकट स्वास्थ्य कर्मी संघको भेलाले विमला पुलामीको अध्यक्षतामा नो सदस्ययी समितिको निर्माण गरिएको छ । जसको उपाध्यक्षमा कृष्ण प्रसाद अधिकारी, सचिव विरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष सकुन्तला खत्री रहुनुभएको छ । कार्यक्रमको उद्घाटन पुर्व स्वास्थ्य राज्य मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य बंशीधर मिश्रले गर्नुभएको थियो ।
0 comments:
Post a Comment