Sahara Sansar

Monday, February 7, 2011

अस्पतालमा मदिरा

उत्तर लिम्वू
माघ २४ पाचथर फिदिम। स्वास्थ्यका लागि औषदी र मदिरा एकआपसमा विपरित चिज हुन् । औषधीले स्वास्थ्य स्वस्थ बनाउन मद्दत गर्छ भने मदिराले अस्वस्थ बनाउन । के यी दुई चिजहरु एकै थलो कुनै स्वास्थ्य केन्द्रबाट विक्री वितरण सम्भव छ ? सबैलाई लाग्छ यो असम्भव हो । तर औषधी मात्र पाउनु पर्ने जिल्लाको प्रमुख स्वस्थ्य केन्द्र पाँचथर अस्पतालमा विगत २० वर्षदेखि निरन्तर मदिराको पनि विक्री हुने गरेको छ ।
स्वास्थ्य संस्था जस्तो संवेदनसील क्षेत्रमा अस्पताल प्रशासनको गैर जिम्मेवारीका कारण अस्पतालकै कर्मचारीद्धारा विरामी खाना पकाउने भान्साघरमा जाँड रम्सीको वेरोकटोक किनवेच हुने गरेको हो । अस्पतालका कार्यालय सहयोगीद्धय खड्ग मगर र कृष्ण श्रेष्ठद्धारा मदिरा व्यवसाय सञ्चालन हुनेको छ । विरामी कुरुवा र आफन्तहरु जाँड रक्सीको प्रमुख ग्रााहक हुने गरेकाछन् । मदिरा खाएर विरामी वार्डमा छिर्नेको दुगर्धित स्वासका कारण विरामी र सेवा सञ्चालक स्वास्थ्यकर्मीलाई असुविधा हुने गरेको कर्मचारीहरु बताउछन् ।
एक सार्वजानिक सुनुवाई कार्यक्रममा समाजसेवी महिला गंगामायाले आङ्देम्बे असपताल परिषरमा मदिरा व्यवसाय हुने गरेकामा आपत्ति राख्दा डा. मुक्तिनारायण साहले यसबारे आफूलाई केहि थाहा नभएको बताए । मदिरा खान खुवाउन निरुत्ुसाहित गर्न भूमिका खेल्नु पर्ने संस्थाले नै उल्टै प्रोत्साहन दिइरहेको भन्ने सरोकारवालाहरुको गुनासोलाई अस्पतालले लत्याउदै आएको छ ।

श्रीमानको कमाइले परिवार पाल्न नपुग्ने भन्दै मदिरा व्यवसाय सञ्चालन गर्नु आफ्नो विवसता रहेको खड्गका परिवार उमा नेन्बाङले बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae