Sahara Sansar

Monday, February 7, 2011

दुर्गममा पनि सार्वजनिक शौचालय, सदरमुकाममा छैन

राजेन्द्र न्यौपाने
माघ २४ गोरखा । उत्तरी गोरखाको  सुन्दर गाउँ वारपाकमा सार्वजनिक शौचालयको राम्रो व्यवस्था रहेपनि गोरखा जिल्लाको सदरमुकाम गोरखा नगरपालिका क्षेत्रमा सार्वजनिक शौचालय छैन । बसपार्क भन्दा माथि रहेको सार्वजनिक शौचालयको सरसफाई हुन नसक्दा बजार दुर्गन्धित बनेको छ । पर्यटन वर्ष २०११ मा यस्ता शौचालयले पर्यटकहरूको गोरखा बसाईलाई छोटो बनाउने स्थानीयहरूको भनाई छ ।

गोरखा सदरमुकामदेखि दूई  दिन हिडेर तथा ५१ किमी कच्ची बाटोबाट पुगिने बारपाक गाउँ गुरुङ र दलितहरुको बस्ती रहेको प्रसिद्ध गाउँ हो । करिव एक हजार घरधुरी रहेको यो गाउँ उत्तरी गोरखाको सुन्दर गाउँको रुपमा परिचित छ ।

भी.सी गजे घलेको गाउँ रहेको सो गाउँमा अधिकांस व्रिटिस, सिगापुर, भारतीय सेनाको रुपमा कार्यरत सेनाहरुको गाउँ हो ।  खचाखच  र  टम्म परेको , ढुङगा विछ्याईएको र ढुङगाले छाएको सो गाउँ प्रत्येक घरम शौचालय, खानेपानी र विद्युतको व्यवस्था रहेको छ । सो गाउँको विकासका लागि वारपाक गाविस प्रमुख वजार क्षेत्र भित्र ४ वटा सार्वजनिक शौचालयको निर्माण गरिएको छ भने जिल्ला सदरमुकाममा सार्वजनिक शौचालयको कारण मानिसहरू नाक खुम्च्याउन बाध्य भएका छन् ।

 बारपाक गाउँको विकास गर्न र गाउँलाई सफाराख्न सरसफाईको व्यबस्था गरिएको वारपाक गाविसका वुद्धिजीवि गौतम गुरुङले वताउनुभयो । सो गाउँको वडा नं ८ कोट, वडा नं ९,वडा नं ४ र वडा नं ५ मा सार्वजनिक शौचालय रहेको छ ।  गाउँमा शौचालयमा निशुल्क प्रयोगमा ल्याइएको छ ।

 शौचालय वनाउनको लागि केहि गाउँ विकास समितिले वजेट दिएको र केहि रकम स्थानीय तीन तारा क्लवको सहयोगमा संकलन गरिएको थियो । गाउँ गाउँमा समेत सार्वजनिक शौचालय बन्दा सदरमुकामका मुख्य मुख्य बजारहरूमा बजेट अभावका कारण देखाउँदै सरसफाईमा ध्यान नदिनु मानिसहरूको स्वास्थ्यमाथि खेलवाड गर्नु हो  ।
स्थानीय तीन राजनैतिक दल र सरकारी कार्यलयका सम्बन्धि र जिम्मेवार निकायहरूको स्वास्थ्य सम्बन्धिको गलत चिन्तनले गोरखाको पर्यटनमा समेत सिधै असर परेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।

कालाबजारी र एकाधिकार बजारको पक्षमा रहेको व्यापारीहरू र यस क्षेत्रका उद्योगीहरूको स्वार्थका कारण गोरखाको विकास यहाँको स्थानीयको चाहना अनुसार हुन नसकेको समेत उनीहरूमा आरोप छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae