Sahara Sansar

Monday, February 7, 2011

सात विषय लाग्ने पनि पास

गोरखा सम्वाददाता
 माघ  २४  गोरखा ।
गोरखा जिल्लाको श्री महेन्द्र शक्ति माध्यमिक विद्यालयमा एस.एल.सी सेन्ट अफटेस्ट परीक्षामा सात विषय लाग्ने विद्यार्थीहरुलाई पनि पास गरिएको छ । विद्यालयमा नक्कली सर्टिफिकेट लिएर अध्ययापन गराईरहेका शिक्षकहरुको कारण विद्यालयको शैक्षिक विकास हुन नसकेको विद्यालय व्यवस्थापन समितिले ठहर गरेको छ ।

विद्यालय बालबालिकाकाहरुको भविष्य अन्यौलमा पार्ने उदेश्य सहित गलत काम भएको समितिका अध्यक्ष राजेन्द्र न्यौपानेले बताउनुभयो । परीक्षामा सहभागि कुल ३० जना मध्ये चार जना
मात्र समुतिर्ण भएपनि अंग्रेजी, गणित लगायतका सात व्यवस्थापन समितिलाई विना जानकारी विषयसम्ममा अनुतिर्ण विद्यार्थीहरुलाई पनि पास गरिएको हो ।

यसरी उर्तीण हुन नसकेको विद्यार्थीहरुलाई पनि पास गर्ने गर्दा एस एल सी मा अनुतीर्ण भएपछिका विद्यार्थीका दिनहरु अन्धकार हुनेमा विद्यालयले सोच्न सके विद्यालयको संस्थागत भलाई र विद्यार्थीको भविष्य भन्दा पनि पढाउन नजानेको र नक्कली सर्टिफिकेट बोकेको शिक्षकहरुको बचाउका लागि सबै विद्यार्थी पास गर्नुपरेको विद्यालयका प्रधानाध्यापक रामप्रसाद पोखरेलले बताउनुभयो । यसबाट गाउँका विद्यालयहरुको शैक्षिक स्तरमाथि उठ्न नसक्नुमा विद्यालय प्रशासनको कमजोरी प्रष्ट देखिएको छ ।

समितिका अध्यक्ष न्यौपानेले विद्यालयमा समुतिर्ण हुनेलाई दिइएको बताएपनि गुटगत र व्यक्तिगत स्वार्थका लागि विद्यार्थीहरुको भविष्य अन्यौल बनाउन प्रशासन लागेको र निर्णय गर्दाका अवस्थामा कुनै सल्लाह नलिएको बताउनुभयो । समितिको सल्लाह नमान्ने प्रशासनले मात्र पासगर्न सल्लाह विद्यालयको सबै जिम्मा सम्हाल्न चेतावनी दिएका छन् ।

विद्यालयमा शनिबार पनि हाजिर गर्ने र विद्यार्थीको शैक्षिक विकास भन्दा पनि जागिर बचाउने पढाईका कारण ग्रामिण स्तरका बालबालिकाहरुको भविष्य अन्यौलमा पर्दै आएको समितिको ठहर छ ।

विद्यार्थीहरुलाई नियमित पढाउन आग्रह गर्दा टेष्ट पछि पढाउने भन्दै आएको र अन्तमा विद्यालय
व्यवस्थापन समितिलाई असफल तुल्याउन र जिल्लामा विद्यालयको छवि जतिसक्यो विगार्नको लागि गलत काम भएको अध्यक्ष न्यौपानेको दावी छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae