कूल तामाङ्
फागुन ६ नुवाकोट। नुवाकोट सामुदायिक आँखा केन्द्रलेनुवाकोटका विभिन्न ग्रामीण भेगमा सञ्चालन गरेको शिविरमा छानिएका मोतियाविन्दुकारोगीहरुको आँखाको अपेशन गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।
चण्डेश्वरी बहुमुखी क्याम्पस तुप्चेमा तीन दिनसम्मसञ्चालन भएको शिविरमा ग्रामीण भेगकाविरामीको आँखा परीक्षणका साथै मोतियाविन्दुका रोगीहरुको अप्रेशन गरिएको थियो ।शिविरमा ५ सय ८२ जनाको आँखा परीक्षण गरिएकोमा १ सय ७७ जनाकोमोतियाविन्दुको निशुल्क शल्यक्रिया गरिएको तिलगंगा आखा केन्द्रका दिपक खड्कालेबताउनुभयो ।
शिविरमा तीलगंगा आँखा प्रतिष्ठान काठमाडौं रनुवाकोट सामुदायिक आँखा केन्द्रका १७ जना डाक्टर तथा प्राविधिक टोली उपचारमासंलग्न भएको थियो ।
आँखा केन्द्रले यस अघि नुवाकोटकोगणेशस्थानमा आयोजना गरेको शिविरमा २ सय ५३ जनाले सेवा पाएका थिए । शिविरबाट २५जना शल्यक्रिया गर्नुपर्ने मोतिया विन्दुका रोगी छानिएका छन् । यसैगरी उर्लेनीमासञ्चालित शिविरमा एक सय ६२ जनाले आँखा परीक्षण गरिएको १९ जना मोतिया विन्दुकारोगी फेला परेको थियो ।
यसैगरी सरस्वती मावि बुङ्ताङमा आयोजनागरिएको शिविरमा दुई सय २ सय २१ जनाको उपचार गरिएकोमा २९ जना मोतियाविन्दुका रोगी फेला परेका थिए। यसैगरी नुवाकोट सामुदायिक आँखा केन्द्रमैआयोजना गरिएको शिविरमा ६४ जना साधारण सहित १९ जना मोतियाविन्दुका विरामीभेटिएका थिए ।
उता, कुण्डला मावि भदु्रटारमा आयोजित आँखाशिविरमा ६३ जनाको साधारण उपचारसहित २ जना मोतियाविन्दुका रोगी भेटिएको थियो ।
Sahara Sansar
Friday, February 18, 2011
नुवाकोटको तुप्चेमा तीन दिने आँखा शिविर सम्पन्न
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment