एस्वी गौतम
माघ २६ सिन्धुली । एकिकूत नेकपा माओवादीका नेता सिपी गजुरेले सिन्धुलीमाढीमा संचारकर्मीहरुसँग वोल्दै मन्त्री मण्डल विस्तार हुन नसक्नुमा एमालेको हात प्रमुख रहेको वताउनु भएको छ । । प्रमुख सत्ता साँझेदार दल माओेवादीसँग भएको सहमति लत्याउदै एमालेको स्थायी समितीले गरेको निर्णय नै मन्त्री मण्डल विस्ता हुन नसकेको नेता गजुरेलको तर्क थियो ।
देश संचालन गर्न प्रमुख पाँच मन्त्रालयमा एमालेले एक लौटी लिने निर्णयनै गलत भएको उहाँले वताउनुभयो । एमाले र माओवादी विच भएको सात वुँदे सहमति अक्षरक्ष कार्यान्वय नभए माओवादी सरकारमा नजाने नेता गजुरेलको तर्क भनाई थियो । गृह मन्त्रालय आफ्नो पार्टीले नपाए कुनै हालतमा पनि सरकारमा नजाने बताउनु भयो । एमालेले सात वुँदे सहमति कार्यान्वयन गर्दैन भने नेकपा माओवादी दिएको समर्थन फिर्ता लिन्छौ । एमालेले नेपाली काँग्रेस र मधेसवादी दलहरुसँग मिलेर सरकार वनाए हुन्छ उहाँले भन्नुभयो । एमालेको आफनो बहुमतले सरकार बनेको हैन नेकपा माओवादीले समर्थन गरेपछि मात्र सरकार बनेको हो ।
सरकार बन्ने बेलामा हामीले सात बुँदे आधार बनाईयौ ७ बुँदे सहमती उहाँहरुले बनाएपछि बल्ल सरकार भनेको उहाँले वताउनुभयो ।
0 comments:
Post a Comment