शेरबहादुर भुजेल
माघ २७ , दोलखा ।
कतिपय ठाँउमा दातृ निकायले दिएको सहयोग त्यतिकै खेर गै रहेको हुन्छ या एक दुई जनाले मात्र त्यसबाट फाईदा लिएको पाईन्छ तर दोलखा लापिलाङ गाविस वडा नं ७ का थामी समुदायका मानिसले भने दातृनिकायले दिएको सहयोग भन्दा बढीको श्रमदान गरेर गाँउको लागि ३२ वटा धारा निमार्ण गरेका छन् । सिंगो गाँउमा एउटा मात्र ढुङ्गे धारा भएकोले सधै एक गाग्री पानीको लागि घण्टौ कर्नुपर्ने समस्याबाट पीडित भएपछि उनीहरुले दाताबाट प्राप्त सहयोगमा श्रमदान समेत गरेर धारा निमार्ण गरेका हुन् । इयूको सहयोगमा कियर नेपालले जनसीप परियोजना अन्तरगत धारा निमार्णको लागि करिब ८ लाख रुपैया उपलब्ध गराए पछि उनीहरुले गाविसको थप सहयोग र श्रमदानबाट ३२ वटा धारा निमार्ण गरेका हुन । जसले उनीहरुको बर्षौको पानी खाने समस्या समाधान भएको छ । विगतमा १ सय ३५ घर धुरीको लागि एउटा मात्र ढुङ्गे धारा थियो जसको कारण एक गाग्री पानी थाप्न घण्टौ कर्नु पर्ने हुन्थ्यो तर अहिले घर छेउछाउ नै धाराहरु भएपछि निक्कै सजिलो भएको छ – भीमेश्वर खानेपानी उपभोक्ता समितिको उपाध्यक्ष समेत रहेनु भएका स्थानिय साहिरा थामीले भन्नु भयो। धारा निमार्णको लागि जनसीप परियोजनाले ७ लाख ८६ हजार ७ सय ५० रुपैया सहयोग गरेको थियो भने लापिलाङ गाविसले ८० हजार सहयोग गरेको थियो । १८ लाख ९३ हजारको लागतमा निमार्ण भएको धाराको लागि १० लाख भन्दा बढीको स्थानियले श्रमदान गरेका थिए ।
0 comments:
Post a Comment