माघ २३ काठमाडौं। नव–निर्वाचित प्रधानमन्त्री झलनाथ खनालले पद तथा गोपनियताको सपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय सितल निवासमा आईतवार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति डक्टर रामवरण यादवले खनाललाई सपथ ग्रहण गराउनुभएको थियो ।
नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा खनालले दिउँसो तीन बजेर बीस मिनेटमा सपथ लिनुभएको हो। सपथ कार्यक्रममा राष्ट्रपतिसहित उप–राष्ट्रपति परमानन्द झा, निवर्तमान प्रधानमन्त्री माधवकुमार नेपाल, प्रधानन्यायाधीस रामप्रसाद श्रेष्ठ, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलगायत संवैधानिक अंगका प्रमुखहरु उपस्थित थिए। यसैगरी सपथ कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशिल कोइराला, नेता रामचन्द्र पौडेल पनि उपस्थित थिए। सपथपछि कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुलाई प्रधानमन्त्री खनालसँग औपचारिक परिचय गराइएको थियो।
सपथ कार्यक्रममा उपस्थित राष्ट्रसेवक, निजी क्षेत्रका प्रतिनिधी, एमाले नेता कार्यकर्ताले खनाललाई बधाइसहित कार्यकाल सफलताको शुभ–कामना व्यक्त गरेका थिए।

0 comments:
Post a Comment