Sahara Sansar

Sunday, February 6, 2011

थुमीमा दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न



राजेन्द्र न्यौपाने
माघ २३ गोरखा। एकीकरण नेपाल गोरखा र नवतारा युवा क्लव थुमीको संयुक्त आयोजनमा गोरखाको दुर्गम् गाउ  थुमीमा दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

टेवा नामक गैर सरकरी संस्थाको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा २६ जनाको सहभागिता रहेको थियो ।

जिल्लाको दुर्गम गाउँ थुमीमा भएको उक्त कार्यक्रममा महिला अधिकार, मानव अधिकार, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्ताव नम्बर १३२५, सञ्जालीकरण, सामाजिक समावेशीकरण, एचआईभी एड्स र लैङ्गिक समावेशीकरण लगायतका विषयमा प्रशिक्षण गरिएको नवतारा युवा क्लवका अध्यक्ष देवकुमार काप्रीले बताउनुभयो । थुमी ४ स्वाँरागाउँमा सम्पन्न तालिममा स्थानीय शान्ति समूहका सदस्य, आमा समूहका सदस्य, युवा क्लवका सदस्यहरु सहभागि थिए ।

तालिममा नवतारा युवा क्लवका अध्यक्ष काप्री , एकीकरण नेपालका सचिव सीता अधिकारी, ग्रामीण सशक्तिकराण् समाजका हरिशरण सोती, केशरबहादुर आलले सहजीकरण गर्नुभएको थियो ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae