Sahara Sansar

Thursday, February 10, 2011

सरकार निर्माणमा एमाले बाधक : डा. बाबुराम भट्टराई

राजेन्द्र न्यौपाने
माघ २७ गोरखा । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले सरकार निर्माण कार्यमा एमालेले पूर्व सात वुँधे सहमति कार्यन्वयन नगरेकोले एमाले नै बाधक रहेको बताउनुभएको छ । गोरखा जिल्लाको मिरकोट माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन कार्यक्रमका लागि विहिवार गोरखा आईपुग्नु भएका नेता भट्टराईले कार्यकर्ताहरुसँग कुरा गर्दै  सो कुरा बताउनुभएको हो । 
 फागुन १ गतेदेखि हुने नयाँ आन्दोलनका लागि तयार रहन पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिँदै उहाँले शुक्रवार विहान आठ बजे बस्ने बैठकमा सहमति जुट्न सक्ने सम्भावना समेत रहेको बताउनुभयो ।
  शान्ति र संविधानका लागि सबै भन्दा जिम्मेवार माओवादी रहेको बताउँदै जनताको माग पूरा नहुँदा सम्म क्रान्तिको बाटोमा पार्टी निरन्तर अघि बढ्ने उहाँले बताउनुभयो ।
    
गोरखा नगरपालिका वडा नं. ११ को सहिद परिवारको गाउँमा रहनुभएका नेता भट्टराई शुक्रवार विहान मिरकोट जाने कार्यक्रम रहेको एकीकृत नेकपा माओवादी गोरखाले जानकारी दिएको छ ।
    
 संविधान सभाको निर्वाचनमा नेपाल भरी बाट सबैभन्दा धेरै मत ल्याएर विजयी हुनुभएका भट्टराई प्रत्येक महिना गोरखा आउने वाचाका क्रममा ३६ औं पटक विहिवार आइपुग्नुभएको हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae