Sahara Sansar

Thursday, February 10, 2011

नुवाकोटमा औद्योगिक बस्तु तथा प्रविधी प्रदर्शनी २०६७ सुरु

कूल तामाङ् 
 माघ २७ नुवाकोट। साना तथा घरेलु उत्पादनको प्रचार प्रसार र बजार विस्तार गर्ने उद्देश्यको साथ
नुवाकोटको विदुरमा बुधबार बाट उद्यमीहरुको विभिन्न उत्पादनहरुको प्रदर्शनी सुरु भएको छ ।

बजार विस्तार, उद्यमी अन्तरक्रिया र औद्योगिक बस्तु तथा प्रविधी प्रदर्शनी २०६७ नाम दिइएको प्रदर्शनीको जिल्ला लघु उद्यमी संघका अध्यक्ष कान्छामान तामाङले विदुरमा उद्घाटन गर्नुभयो ।

घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटको आयोजनामा भएको प्रदर्शनी तिन दिनसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा ढाकाका सामान, कृषि उत्पादन, बेकरी, उनीका सामाग्री, तयारी पोशाक, हस्तकलाका सामाग्री, मह, अचार लगायतका उत्पादनहरु राखिएको कार्यक्रम अधिकृत माधव बगालेले जानकारी दिनुभयो ।
प्रदर्शनीमा ४५ जना उद्यमीका ६० प्रकारका सामाग्रीहरुले स्थान पाएका छन् । जिल्लाको साना उद्योगहरुलाई टेवा पु¥याउन प्रदर्शनी आयोजना गरिएको प्रमुख अधिकृत विश्वप्रेम ढकालले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा मेडेपकी सरिता धौवडेल, ढाका उद्यमी देवकी धमला, घरेलु विकास समितिका उपनिर्देशक विनोददेव पन्त, सिताराम रिमाल, बागवानी अधिकृत सुरेशं शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae