Sahara Sansar

Wednesday, February 2, 2011

एमालेका नेता खगराज अधिकारीले गोरखामा २ चड्कन खाए


राजेन्द्र न्यौपाने
माघ १८ गोरखा । ने.क.पा. एमालेका पोलिट्व्यूरो सदस्य एवं गण्डकी अञ्चल संयोजक खगराज अधिकारीलाई सोमबार एमाले पार्टी कार्यालय अगाडि एमाले पार्टी कार्यकर्ताले दुई चड्कन लगाएका छन् ।पार्टी अध्यक्ष झलनाथ खनाललाई एक थप्पड लगाएको घटना सेलाउन नपाउँदै खनाल पक्षधरले गोरखामा सोमबार साँझ अध्यक्षलाई प्रधानमन्त्री बनाउन सहयोग नगरेको भन्दै चड्कन लगाएका हुन् ।

प्रहरी निरिक्षक नजिकै भएपनि गालामा दुई पटक हानेपछि मात्र नेतालाई के गरेको भनेपछि उनले छोडेका थिए । प्रहरीले कारवाहीका लागि लैजान खोजेपनि घटनाको समाचार बन्न सक्छ भन्दै गोरखा जिल्ला अध्यक्ष रामशरण बस्नेतले नमानेको घटना स्थलमा पुगेका प्रहरी निरीक्षकले बताए ।

एमाले पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्न गोरखा आईपुग्नु भएका अधिकारी कार्यकर्ताले चड्कन लगाएपछि निराश देखिएका थिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae