Sahara Sansar

Monday, January 31, 2011

जनमुक्ति सेनाको विगठन स्विकार छैन : माओवादी नेता खगराज भट्ट

केशवराज जोशी
माघ १७ कञ्चनपुर। एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सेती महाकाली राज्य समितिका सेक्रेटरी खगराज भट्ट बिनोदले जनमुक्ति सेनाको विघटन अस्विकार्य भएको बताउनुभएको छ । स्वाधिन नेपाल र परिवर्तनका लागि लडेको जनमुक्ति सेनालाई विगठन गर्न नसकिने बताउदै जनमुक्ति सेना विगठनको सपना पक्षमा आफु नरहेको बताउनुभयो । सिद्धनाथ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले आयोजना गरेको चौथो शरद स्मृति खुला भलिवल प्रतियोगिताको उद्घाटन गर्दै माओवादी नेता भट्टले यस्तो बताउनुभएको हो । मुलुकको भविश्य संकटमा रहेको बताउदै सम्पूर्ण यूवाहरुले मुलुकका लागि गम्भिर भएर सोच्नुपर्ने अवस्था आएको उहाँको भनाई छ ।
लोकतन्त्र र प्रजातन्त्र हुनेका खाने र ठालुहरुका लागि मात्र भएको बताउदै प्रजातन्त्र या लोकतन्त्र आम नागरिकको स्वतन्त्रता, समानता र आत्म सम्मान सँग जोडिएको हुनुपर्ने उहाँले बताउनुभयो । बिभिन्न समयमा भएका आन्दोलन, जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका शहिदहरुको स्मरण गर्दै शहीदहरुका सपना अझै पुरा नभएको उहाँले बताउनुभयो । राजनैतिक दलहरुको अदुरदर्शिता र सत्ता प्रतिको मोह र खिचा तानीले मुलुक संकटमा भासिदै गएको उहाँको भनाई छ ।
यस्तै अखिल क्रान्तिकारीका महासचिव बिन्दमान बिष्टले स्ववियू निर्वाचन समानुपातिक प्रणाली मार्फत गर्नुपर्ने बताउनुभयो । बिष्टले प्रमुख तीन दलका विद्यार्थीसंगठनहरु मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रतिनिधीहरु लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । यसैबीच खेलको निरन्तरताका लागि खोलिन लागेको अक्षय कोषका लागि माओवादी केन्द्रीय सदस्य खगराज भट्टले रु. १ लाख दिने घोषणा गरेको स्ववियू सभापति अकिल बहादुर सिंहले जानकारी दिनुभयो ।
यस्तै कञ्चनपुरका सभासद टेकेन्द्र भट्ट, कमल क्षेत्री, देवीलाल चौधरी, पुरन रानाले ५० हजारका दरले प्रदान गर्ने जानकारी समेत सिंहले दिए ।कार्यक्रममा एकिकृत नेकपा माओवादीका कञ्चनपुर जिल्ला इन्चार्ज डिडि पाण्डेय, सुरक्षा निकायका प्रतिनिधीहरु, सञ्चारकर्मी, लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae