Sahara Sansar

Thursday, February 3, 2011

विद्यार्थीहरुद्वारा कोण सभा सम्पन्न

राजेन्द्र न्यौपाने
 माघ २० गोरखा । जिल्लाको सदरमुकाममा अवस्थित महेन्द्रज्योति उच्चमाध्यमिक विद्यालयको पठनपाठनको विषयलाई लिएर बिहिबार   विद्यार्थीहरुले गोरखा जिल्ला स्थित हरमटारी चोकमा कोण सभा सम्पन्न गरेका छन्। कोणसभामा बोल्दै कक्षा ९ का गोकुल विश्वकर्माले एक जना शिक्षकका कारण आफुहरुको पढाईमा अबरोध हुँदा पनि कसैले चासो नदिएके उल्टै विद्यार्थीको विरुद्धमा मिडिया समेत लागि परेको गुनासो ब्यक्त गरे  ।
कक्षा १२ का आशिस लामिछानेले गणित विषयका शिक्षक २०६७ सालमा ५७ दिन अनुपस्थित हुनुभएको र सोही कारण आजको समस्या आएको बताए  ।
कार्यक्रममा बोल्दै विभिन्न विद्यार्थी संगठन र शिक्षक संगठनहरुले विद्यालयको शैक्षिक अवस्थाको विकास लागि भन्दा पनि अराजक अवस्था सृजना गर्न लागि पर्नेहरुलाई खबरदारी गरेका छन् ।
अखिल नेपाल शिक्षक संगठनका कोषाध्यक्ष रमेशबाबु थापा मगरले शिक्षकमा नहुनुपर्ने गुणका कारण विद्यालयमा समस्या आएको बताउँदै कुनै एउटा शिक्षक, वर्षका ५७ दिन अनुपस्थित हुन नपाउने बताए  । सरकारी विद्यालयमा पढाउन इच्छा नभए ट्युसन सेन्टर खोल्न उनको  सुझाव थियो  । जिल्लामा जागिर खाने थलोका रुपमा सरकारी विद्यालयहरु प्रयोग हुँदै आइरहेका छन् ।
यसैवीच अखिल क्रान्तिकारीका गोरखा जिल्ला अध्यक्ष कुमार तिवारी अराजक शिक्षकहरुका कारण विद्यालयमा भएको घृणित क्रियाकलाप प्रति संगठनको ध्यानाकर्षण भएको बताए  । विद्यालयमा बालबालिकाको भविष्यमाथि खेलवाड नगर्न उनले  सुझाव दिए  । उनले  सत्य कुरा बङ्ग्याएर
पत्रकारहरुले नाटक मञ्चन गरेकामा आपत्ती प्रकट गरे  । स्थानीय पत्रिकाले कपोकल्पित लेख लेखेका कारण विद्यालयको वातावरण थप प्रतिकूल बने विद्यालयमा अनुपस्थित भएको दिन पनि हाजिर गर्न पाउनुपर्ने माग राख्दै गणित विषयका शिक्षक भाइकाजी श्रेष्ठले माग राखेपछि सो माग पूरा हुनुपर्ने माग राख्दै १५ जना शिक्षकहरुले सामूहिक राजीनामा समेत दिएका छन् ।
आफ्नो माग पूरा नभएसम्म विद्यालयमा अध्यापन गर्न नजानेशिक्षकहरुले बताएका छन् । सदरमुकाम लगायतका अन्य विद्यालयहरुमा पनि विद्यालय नजाने र हाजिर गर्न चलन गोरखामा भएकै कारण शिक्षा क्षेत्रको तीव्र गतिमा हुन सकेको छैन । आफ्नो छोराको एस एल सी परीक्षामा खेलवाड गर्न नपाईने भन्दै अभिभावक फूलमाया गान्धारीले रुदैंकार्यक्रममा मन्तव्य राखे  ।
यस अघि जिल्लामा २०५३ सालमा जिल्लाको छोप्राक गाउँ विकास समिति स्थित मण्डली उच्च मा.वि.मा शिक्षकहरुले सामूहिक राजीनामा दिएपछि जिल्ला शिक्षा कार्यालय  गोरखाले स्वीकृति गरेको थियो । २० लाख भन्दा बढी यूवाहरु विदेशीएको अवस्था र देशमा शैक्षिक बेरोजगार कायम रहेको समयमा सामूहिक राजीनामा स्वीकृति गर्दा कुनै समस्या नहुने शिक्षाविद्हरुले बताएका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae