माघ २५ काठमाडौं । मंगलवार नै सत्तासाझेदार एमाले र माओवादीबीच भागबण्डामा कुरा नमिल्दा अझै मन्त्रिमंडल विस्तारमा अन्यौल रहेको छ । मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दूई दलका शीर्षनेताबीच बसेको बैठकले पनि भागबण्डामा सहमति जुटाउन सकेन ।
आजै बेलुका दुईदलबीच फेरि छलफल हुने नेताहरुले बताएका छन् । प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच झण्डै एक घण्टा छुट्टै छलफल भएको थियो । दुई नेताबीच फेरि बैठक बसी सुरुमा सानो आकारको मन्त्रिमण्डल गठन गर्ने सहमति भएको छ । बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टी स्थायी समिति बैठक पछि फेरि दुईपक्षिय छलफल हुने मन्त्रिमंडल विस्तारका विषयमा कुराकानी हुने बताउनुभयो ।
एमालेले गृह र रक्षा मन्त्रालय माओवादीलाई दिन नहुने अडान लिएपछि मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको छ । माओवादीले पनिे गृह र रक्षामा दावी गर्दै आएको छ ।सहमति भएमा आजै सानो आकारको मन्त्रीमण्डल गठन सक्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
0 comments:
Post a Comment