Sahara Sansar

Thursday, February 3, 2011

१५ जना शिक्षकहरुले दिएको सामूहिक राजीनामा अस्वीकृत

राजेन्द्र न्यौपाने
गोरखा, २० माघ । गोरखा नगरपालिका स्थित महेन्द्रज्योति उच्च माध्यमिक विद्यालयमा अध्यापनरत विद्यालयका प्राचार्य सहित १५ जना शिक्षकहरुले दिएको सामूहिक राजीनामा अस्वीकृत गर्ने जिल्ला शिक्षा कार्यलय गोरखाले बताएको छ । जिल्ला शिक्षा अधिकारी योगराज भट्टराईले परिस्थितिको मुल्याङ्कन गरेर प्रक्रिया अगाडि बढाईने र सामूहिक राजीनामा स्वीकृती समस्या समाधान नभएको
बताए ।
विद्यालयमा विद्यार्थीहरुवीच भएको सामान्य भनाभनको विषयलाई लिएर स्थानीय अराजक समूहले विद्यालय तोडफोड र विद्यार्थी तथा शिक्षकहरुलाई कुटपिट गरेपछि शिक्षकहरुले सामूहिक राजीनामा दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुब जोशीलाई दिइएको सो राजीनामा पत्रलाई समितिको बैठकले स्वीकृतीका लागि जिल्ला शिक्षा कार्यलय गोरखामा पेश गरेको थियो । शिक्षकहरुले विद्यालयमा नआएपनि हाजिर गर्न नपाएको भन्दै सामूहिक राजीनाम दिएका हुन् । स्थानीय शिक्षक भाइकाजी श्रेष्ठ ७० दिन अनुपस्थित भएको र समितिले विद्यालय नआएको दिनको हाजिर गर्न नमिल्ने बताएपछि अराजक समूहले विद्यालयको शैक्षिक गतिविधिमा हमला गरेको थियो ।
जिल्लाको सदरमुकाम लगायतका अन्य विद्यालयहरुमा पनि शिक्षकहरुले विद्यालय नगएको
दिनको समेत एकै पटक हाजिर गर्ने गरेका छन् ।
लामो समय घरविदामा बसेपछि एकदिन भोज खुवाउने पर्ने नियम कतिपय विद्यालयहरुमा अझै सम्म रहेको विद्यालय व्यवस्थापन समिति गोरखाका अध्यक्ष कुल बहादुर गुरुङले बताए । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae