राजेन्द्र न्यौपानेमाघ २५ गोरखा । मनकामना– ८ ग्याजाबाट मुग्लिन बजार नजिक नाग्दीखोलामा निर्माणाधिन रोपवे अन्तिम चरणमा पुगेको छ । रोपवेको दुईतर्फी लट्ठा (ट्र्याक केवुल) तान्ने काम सकिएको र घिर्नी घुमाउने लट्ठा (हलिङ केवल) मंगलबारदेखि तान्न शुरु हुने निर्माण सहयोगी संस्था सिकोडरले जनाएको छ ।
यही हप्ताको अन्तसम्म स्थानीय प्रस्तावित वालकन्या कृषि सहकारी संस्थालाई एक कार्यक्रमका बीच रोपवे हस्तान्तरण गरिने भएको सिकोडरका कार्यक्रम प्रमुख हरि अधिकारीले जानकारी दिए । निर्माणपछि मनकामना गाविस. का २ सय घरधुरीले उत्पादित कृषि उपज मुग्लिन बजारमा १० मिनेटमा पु¥याउन सक्ने छन् ।

पृथ्वीराजमार्गको नाग्दीखोला नजिकको तल्लो स्टेशनबाट सामान मुग्लिन बजार लैजान ह्विल व्यारो (रेक्सा) पनि सहयोगी संस्थाले बनाइदिने भएको छ । १ हजार ५९ मिटर लामो सो योजना कुल १४ लाख ८३ हजार ५ सय १२ रुपैयाको लागतमा निर्माण सम्पन हुन लागेको हो ।
0 comments:
Post a Comment