हिमाल दवाडी
माघ २५ काठमाडौं। पर्यटन समन्धी विधिन्न कार्य गर्न तैनाथ पर्यटन प्रहरीको दरवन्दी देशभर जम्मा ४९ वटा रहेको छ । नेपालको काठमाडौ, पोखरा तथा भैरहवामा गरि जम्मा ४९ जना प्रहरी दरवन्दी रहेको पर्यटन प्रहरीले जनाएको छ । हाल काठमाडौमा ३८ जना , पोखरामा ७ जना तथा भैरहवामा ४ जना पर्यटन प्रहरी हाल कार्यरत रहेका छन् ।
पर्यटक प्रहरीले विदेशीले दिएको उजुरी अनुसार कार्यमा संम्लग्न हुने बताएको छ । पर्यटकको पासपोर्ट, ट्राभल्स चेक, मोवाइल, क्यामरा तथा आइपट आदि हराएको भन्दै गएको मङ्सिर महिनामा ७८ वटा उजुरी परेको थियो । त्यसमध्ये चोरी केशमा ३९ र हरायकोमा पनि ३९ वटानै उजुरी परेको थियो जस मध्ये हराएकोमा २७ केशको फाइनल भएको र चोरी तर्फ १८ वटा सल्भ भइसकेको छ वाँकी केशहरु अनुसन्धानको क्रममा रहेको पर्यटन प्रहरी सहायक निरिक्षक एक देव वगालेले बताउनुभयो ।
त्यस्तै पुस महिनामा पर्यटन प्रहरी समक्ष जम्मा २९ वटा उजुरी परेको थियो । त्यसमा हराएकोमा १७ तथा चोरीमा १२ छन । जसमध्ये हराएकोमा ११ र चोरीको ९ फैसला भइसकेको वगालेले बताउनुभयो ।
खोज तथा अनुसन्धानको क्रममा समान फेला पारेमा समन्धित पर्यटकलाई हस्तान्तरण गर्ने गरेको उहाँले बताउनुभयो । काठमाडौ वाहिर साना साना केशहरु त्यहि मिलाउने र ठुला केश परेको काठमाडौमानै पठाउने गरेको जानकारी दिनुभयो । पर्यटन व्यवसायसँग समन्ध्ति विभिन्न गतिविधिमा पर्यटन प्रहरी सहभागी हुने उहाँले बताउनुभयो ।
0 comments:
Post a Comment