एसबि गौतम
माघ २३ सिन्धुली। सिन्धुलीको टाँडी गाविस धन्सारीका स्थानीय बासिन्दाहरुले सामुहिक माछापालनबाट राम्रो आम्दानी लिएका छन् । माछापालनबाट आर्जन भएको रकम उनीहरुले सडक मर्मत, खानेपानीको व्यवस्था, गाँउ टोल सुधारलगायतका काममा खर्च गर्ने गरेका छन् ।
पाँच वर्ष अघि धन्सारी झ्यागे माछापालन समूह गठन गरी स्थानीय बासिन्दाहरुले गाँउमै चारवटा पोखरी निर्माण गरी व्यवसायिक रुपमा सामूहिक माछापालन व्यवसाय सुरु गरेका थिए । पोखरीमा रहु, कमनकार्प, सिल्भर कार्पलगायतका जातका माछा पालिएको र त्यसले बार्षिक झण्डै ७५ हजार रुपैयाँसम्म आम्दानी दिने गरेको माछापालक किसानहरुले बताएका छन् ।
0 comments:
Post a Comment