गणेश ओली
फागुन ७ दाङ । शुक्रबारदेखि दाङको घोराहीमा जारी राप्ती पर्यटन महोत्सवमा राखिएको साँस्कृतिक स्थलहरु आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको विन्दु बनेका छन् । उपप्रधान तथा अर्थमन्त्रि भरतमोहन अधिकारीले उदघाटन गर्नु भएको महोत्सब ब्यापारीकका सार्थ पर्यटन प्रवद्धन गर्ने उद्धेश्यले सुरु गरिएको हो ।
राप्ती अंचलमा रहेको साँस्कृतिक विबिधता भित्रको एकता प्रदर्शन तथा प्रचार–प्रसारका लागि यो महोत्सब महत्वपूर्ण मानिने मूल आयोजक समितिका संयोजक अमर बहादुर डाँगीको भनाई छ ।
महोत्सबमा मगर,थारु नेवारी, क्षेत्री लगाएतका जातीहरुको परम्परागत खानपिन,लत्ताकपडा र साँस्कृति झल्काउने बस्तुहरु महोत्सवको मुख्य आकर्षण भएको आयोजकको भनाई रहेको छ ।
जसका लागि (साँस्कृतिक भान्छाघर) का लागि सात वटा स्टल छुट्याईएको महोत्सव आयोजक समितिका सदस्य डा गोविन्द आचार्यले जानकारि दिनुभयो । महोत्सवमा राखिएको सुचना केन्द्रमा राप्ती अंचलका रुकुम, रोल्पा, सल्यान, प्युठान तथा मध्यपश्चिममा रहेका पर्यटकीय सम्पदाको फोटो राखिएको छ भने महोत्सव आउने पर्यटकले ईच्छा गरेमा सशुल्क रुपमा सम्बन्धित स्थानमा पु¥याउने समेत ब्यवस्था गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक डाँगीले जानकारि दिनुभयो । त्यसैगरी स्वर्गद्धारी बाबाको अखण्ड धुनी
पनि महोत्सबको आकर्षण बनेको छ । अन्य स्टलहरु भन्दा साँस्कृतिक स्थलमा जिल्ला बाहिरबाट आउने पर्यटक र विदेशी पर्यटकको घुइचो रहेको डाँगीले बताउनुभयो ।
यसका साथै ग्रामीण क्षेत्रको परम्परागत सिपमा आधारित स्टलहरु पनि राखिएको छ ।महोत्सवमा अटोमोवाईलका राष्ट्रिय अन्तराष्ट्रिय गाडी,बिदेशी तथा स्वदेशि प्रविधिमा आधारीत ईलेक्ट्रोनिक्स प्रविधिहरु राखिएको छ ।
बिभिन्न प्रकारका २ सय २५ स्टल राखिएको महोत्सबमा करिब दश करोडको कारोबार तथा करिब २ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेका छन । आज बाट शुरु राप्ती पर्यटन महोत्सब आगामी १६ गते सम्म संचालन हुने छ।
महोत्सवबाट बचेको रकम सहमतीका आधारमा पर्यटन प्रबद्वनका क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ ।
Sahara Sansar
Saturday, February 19, 2011
राप्ती पर्यटन महोत्सव पर्यटकहरुको आकर्षणको विन्दु
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment