Sahara Sansar

Thursday, February 10, 2011

सङ्ग्राहलयमा सवा १० करोडको लगानी

हिमाल दवाडी
 माघ २७ काठमाडौं। नेपाल पर्वतारोहण संघले पोखराको अन्तराष्ट्रिय पर्वतीय सङ्ग्राहलयमा रु १० करोड २६ लाख लगानी गरेको छ । सो रकम सङ्ग्रालयको जमिन खरिद, भवन निर्माण तथा सङ्ग्रालयको अन्य कार्यमा लगानी गरेको संघले बताएको छ । उक्त सङ्ग्रालय १ सय रोपनी जग्गामा रहेको छ ।

सङ्ग्रालयको मुख्य आम्मदानीको श्रोत भनेको प्रवेश टिकट, भित्र रहेको रेष्टुरेष्ट र फिल्म शुटिङ भाडा मात्र भएको संघले बताएको छ । नेपाल पर्यटन बर्ष २०११ म सङ्ग्रालय अवलोकन गर्न आउने आन्तरिक र वाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिएको सङ्ग्रालय प्रमुख बल प्रसाद राइृले जानकारी दिनुभयो । पोखरामा पुगेका पर्यटक मध्ये १५ प्रतिशतले मात्र सङ्ग्रालयको अवलोकन गर्ने पाएको उहाँले बताउनुभयो । संघको आर्थिक बर्ष ०६६–०६७ मा १ लाख ३ हजार ४ सय ७८ पर्यटकवाट ७२ लाख आम्दानी गरेको थियो ।

सङ्ग्रालय प्रवेशका गर्दा विद्यार्थीको लागि रु ३५, अन्य नेपालीको लागि रु ५० ,सार्क मुलुकका पर्यटकका लागि १ सय र अन्य मुलुकका पर्यटकसँग रु ३ सय लिने गरेको संघका प्रथम उपाध्यक्ष निमानुरु शेर्पाले बताउनुभयो । आगामी दिनमा सङ्ग्रालयमा अझै ऐतिहासिक सामग्री खोजेर राख्ने उहाँले बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae