राजेन्द्र न्यौपाने
माघ १९ गोरखा । जिल्लाको सदरमुकाममा अवस्थित श्री महेन्द्रज्योति उच्च माध्यमिक विद्यालयमा अध्यापनरत १५ जना शिक्षकहरुले सामूहिक राजिनामा दिएका छन् ।
विद्यालयमा सोमबारदेखि उत्पन्न बिवाद समस्या समाधानका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक समिति र शिक्षक स्टाफको संयुक्त बैठकले विद्यालयको शैक्षिक वातावरण सुधारका लागि पहल गरेपनि शिक्षकहरुको सामुहिक राजिनामा विद्यालयको शैक्षिक क्षेत्रको विकासका लागि नभएको व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज जोशीले बताए ।
विद्यालयमा अनुपस्थित भई एकै दिन एक महिनाको हाजिर गर्ने शिक्षकलाई शिक्षा नियम अनुसार कारवाहिको माग सबैले गरेपछि कारवाही गर्नुपर्ने र नपर्ने समूहवीच विवादले घटनाको रुप लिएको थियो ।
मंगलबार भएको सहमतिमा गणित विषयका शिक्षक भाईकाजी श्रेष्ठको विशेषकारणबश समस्या आएकोले एकवर्ष असाधारण विदामा बस्ने निर्णय भएको विद्यालयका प्राचार्य लक्ष्मणबाबु आचार्यले बताए । विद्यालयको वातावरण सहज बन्दै गरेको उनले जानकारी दिए ।

0 comments:
Post a Comment