Sahara Sansar

Sunday, February 6, 2011

चुरोट र रक्सी बोकेर विद्यालय जान्छन् बालबालिका

धुव्र शर्मा,
 माघ २३, पर्वत ।
 जिल्लाकै नमुना विद्यालयको रुपमा चिनिएको पर्वतको चित्रेमा अवस्थित पञ्चकोशी माध्यमिक विद्यालयमा अध्ययनरत बालिबालिकाहरु चुरोट र रक्सी बोकेर विद्यालय जाने गरेका छन् । विद्यालयले गाउँलाई मधिरा निशेधित क्षेत्र बनाउने अभियान सँगै बालबालिकाका आमाबाबुले प्रयोग गर्ने धुम्रपान र मदिराजन्य पदार्थ विद्यालय पु¥याउने विद्यार्थीलाई पुरस्कार दिने भएपछि यस्तो गरीएको हो । गरेका हुन् । धुम्रपान र मध्यपानले बालबालिकामा समेत सिको गर्ने नराम्रो बानी बस्ने खतराले गर्दा पुरस्कारै स्थापना गरेर अभियानको थालनी गरेको शिक्षक मधुसुधन अधिकारीले बताउनुभयो । यस्तो अभिायन सुरु गरेपछि विद्यालयमा एक डाली खैनी, चुरोट, बिंडि जम्मा भएको छ । रक्सीको बिषयमा भने प्रभाबकारी कार्यान्वयन हुन नसेको उहा बताउनु भयो । ४६ घरधुरी रहेको यस १ वडामा चुरोट, खैनी, बिंडि र रक्सी नियन्त्रण गर्न बालबालिकालाई सक्रिय बनाईएको हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae