Sahara Sansar

Thursday, February 10, 2011

आफ्नै कर्मचारीले मुस्ताङको बिकासमा असहयोग गरेको कार्यालय प्रमुखको आरोप

चन्द्रश्वर बस्ताकोटी
 माघ २७ जोमसोम। मुस्ताङको बिकासमा कोसेढुगां मानीएको ग्रामिण पुनःनिर्माण तथा पुनःस्थापना आयोजना ( आरआरआरएसडिपि ), जिल्ला आयोजना कार्यालय (डिपिओ) मुस्ताङमा कार्यालयकै कर्मचारीकोे असहयोगका कारण जिल्लाको बिकासका लागि २९ महिना अगाडि देखि शुरु भएको ठुलो लगानिको आरआरआरएसडिपि मुस्ताङमा अनिश्चित बन्न थालेको छ । कर्मचारीहरु ठुलै रकमको चलखेल हुन खोजेको बताउछन ।

जिल्ला आयोजना कार्यालय डिपिओ मुस्ताङका प्रमुख एव जिल्ला प्राबिधिक कार्यालयका कार्यालय प्रमुख प्रदिप बहादुर सिह यादबले जिल्लाको विकासमा असहयोेग पुग्ने गरी विभिन्न कार्यहरु गर्दै आएको आरोप उक्त आयोजनाका लेखापाल बिनोद प्रसाद अधिकारीलाई लगाएका हुन । आयोजनाका विभिन्न काम सुरू गर्नुपर्ने भएपनि जिम्मेबारी लिएका कर्मचारीले नियमविपरित काम गर्ने गरेकाले समस्या भइरहेको छ । प्रमुखले भने,‘लेखापाल विनोद प्रसाद अधिकारीले कार्यालयलाई नै जानकारी नदिई मनपरि गरिरहेकाले यस्तो समस्या आएको हो ।’

कार्यालय प्रमुख यादबले भने आज भोली नै लुम्वीनी एपेक्स नामक ठेकेदार कम्पनिलाई भेना देखि झैते सम्म सडक निमार्णकार्यको पेश्की रकम लिन आउदै छ, बैक ग्यारेन्टी लिएर आएको खबर आईसकेको छ, करिब ५० लाख रुपैया तल्काल पेश्की दिनु पर्ने अबश्था छ तर लेखापाल जिम्मेवारी बहन तर्फ नलागि बिना सुचना घर गएकाले समस्या उत्पन्न भएको छ, सबै कर्मचारीले आआफ्नो जिम्मेवारी निर्वाह गरे समस्या उत्पन्न हुने थिएन, बिकास निमार्णमा कर्मचारीका कारण समस्या उत्पन्न हुने स्थितिको सृजना हुन नदिन म प्रयासरत छु उनले भने । उनले थपे कागबेनी देखि छुसाङको ताङवे सम्म ११ कीलोमिटर बाटो बनाउन महालक्ष्मी प्यासीफिक प्राली चुनिएको, ताङवे देखि चैले गेट सम्म ४ कीलोमिटर बाटो बनाउन लामा कन्टक्सन प्राली चुनीएको, चैले गेट देखि भेना नजिकै सम्मको १० कीलोमिटर बाटो लुम्बीनी एपेक्स सम्झौता गरि पेश्कीका लागि रहेको र भेना नजिकै देखि झैते सम्मको १३ कीलोमिटर ८ सय मिटर बाटोको सुनौला खिम्ती नामक कम्पनिका प्रतिनिधिले २५ गते सम्झौता गरेका छन । आबश्यक प्रक्रिया पु¥याइ सबै कम्पनिलाई पेश्की रकम उपलब्ध गराउनु पर्ने बेलामा लेखापाल जस्तो जिम्वेबार ब्यक्तिले जिम्मेवारी बहन तर्फ नलागी आफु खुसी गरेका छन  कायालय प्रमुख यादबले भने ।

प्रमुख यादब कार्यालयको कामले पोखरा काठमाण्डौ गएर पर्कने क्रममा लेखापाल भने भागेको आरोप लगाउदै कार्यालय प्रमुख यादबले भने बिषेश अबस्था बाहेक कानुनत कार्यालय प्रमुख तथा लेखापालले पेश्की रकम लिन नहुने र आफुलाई जानकारी नदिई, कुनै जानकारी नदिई नेपाल बैक जोमसोमको खातानं १४०क२ मा पेश्की स्वरुप प्रदिपबहादुर सिह लेखि चेकनं ३९७४६७६८ मा लेखापाल अधिकारीले छोडेको बताए । उक्त चेक ५० हजारको रहेको छ । ३९७४६७६७  नंको चेकमा डिपिओका कर्मचारीको तलब भनि बनाईएको भए पनि कर्मचारीलाई दुख दिने नियतले लेखापाल अधिकारीले हस्ताक्षर नगरी भागेको कर्मचारीहरुले गुनासो गरे । स्टोर किपर शिशिर शर्मालाई  ३९७४६७६९ नंको चेक समेत लेखापालले लेखेर घर गएका हुन । बिदाका लागि मौखिक समेत सहमति नलिएको भनी प्रमुख यादबले रातो कलमले हाजीरमा गएल गराएका छन ।

 डिपिओमा रहेका कर्मचारीले कर्मचारीको नियमत पाउनुपर्ने सेवा सुविधा तथा समुदायका ब्यक्तिहरुलाई काम लगाए वापत दिनुपर्ने रकममा पनि लेखापाल अधिकारीले अनेक बाहना बनाउने गरेको कर्मचारीहरुले सबैका सामु बताएका थिए । आरआरआरएसडिपि डिपिओ कार्यालय मुस्ताङका कर्मचारीहरु फिल्डमा जाने र साईटको काम गर्ने गरेपनि जिल्ला प्रविधिक कार्यलयका प्राविधिक र कार्यलय सहयोगी कर्मचारीलाई  साईटमा नै नगई नक्कली रुपमा टिएडिए फारम तयारगरी आधाआधा बाँडेर खानेगरेको खुलासा हुन समेत हुनआएको छ । गएको असार महिनामा यसको प्रमाण भएको ति कर्मचारीले दावी समेत गरे । ९८५७६५०११३ नं को मोबाईलमा लेखापाल अधिकारीलाई सम्पर्क गर्दा कहिले काहि सम्वन्धित ठाउहरुबाट लेनदेनका कुरा हुने र त्यस प्रति आफु लोभि नभईदिदा मलाई यस्तो आरोप लगाईएको हो, मैले अन्य साथीहरुलाई दुखदिने नियत बनाएको छैन र कार्यालय प्रमुखलाई सम्वन्धित कन्सल्टेन्ट कम्पनिहरुसग सम्युक्त रुपमा फिल्डमा जानु पर्ने भएकोले टिप्पणी उठाई ५० हजारको चेक पेश्कीका रुपमा आफुले काटेको बताए । उनले जिल्लाको बिकासमा आफ्नो तर्फबाट कुनै हेलचक्राइ हुन नदिने र कन्सल्टेन्ट कम्पनिहरुलाई सम्झौता गदै फिल्ड स्टिडी गरि बैक ग्यारेन्टी भए पछि दिइने २० प्रतिसत रकम दिन आफुले १ मीनेट पनि ठिला नगर्ने उक्त समय भित्र कार्यालयमा हाजीर भै जिम्मेवारी पुरा गर्ने बताए  । उनले कार्यालय प्रमुखसग बिभाग बा अन्य कुनै स्थानमा टेबुल टक गर्ने समेत बताए ।

आरआरआरएसडिपि मुस्ताङमा केहि महिना अगाडि करिब २२ करोडको टेण्डर भै कन्सल्टेन्ट नियुक्त भएका छन । आयोजनाको काम ढिला हुन गए रकम अन्य जिल्लामा जान सक्ने र छिटो सम्पन्न गरे अरु जिल्लाको रकम ल्याई थप काम गर्न सकिने प्राबधान रहेको छ । आयोजनाको समयाबधि थप नगरे अब करिब १ बर्ष मात्र बाकी छ । हाल सम्म आयोजनाले करिब २ करोड रुपैया जिल्लामा खर्च गरि सकेको छ । आयोजनाको मुख्यकाम सडकको कार्य सुरु भए पछि १० लाख सम्मका  काम प्रभाबित क्षेत्रमा खानेपानी, सिचाई, बिद्यालय र हेल्थपोष्ट भवन, गोरेटोबाटो लगायतका काम गर्न सकिने बताइएको छ ।

आयोजनाले लेते गाबिसको पैराथाप्ला देखि  बादरजुङमा करिब १७ लाख, छोसेर खोलामा  ४० लाखको झोलुङे पुल, मार्फाको पुथाङमा करिब ४० लाख र  लेतेको धासामा करिब २७ लाखको खानेपानीका योजनाहरु सचांलन गरिरहेको छ । कुञ्जो र कोवाङमा खानेपानीको डिटेल सर्वे भइसकेको र डिजायनका लागि प्रक्रियामा रहेको, छुसाङ गाबिसको नरसिह खोलामा करिब १ करोड ७५ लाख र चराङगाबिसको चराङखोलामा करिब १ करोड २५ लाखको झोलुङे पुल निर्माणकालागि प्रोसेसिङमा रहेको, छुसाङ गाबिस  चैले स्थित कालीगण्डकीमा पक्की मोटरेबल पुलकालागि प्रक्रिया अगाडि बढाइएको र कागबेनी गाबिस फल्याक ढाकार्जुङका साथै छोसेर गाबिसमा खानेपानी सम्भाब्यता अध्ययन का लागि सिफारिस गरेको आयोजनाले जानकारी दिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae